२९ कार्तिक २०८३, आइतबार | November 16, 2026

मालपोतका नायब सुब्बा एक लाख घुससहित अख्तियारको नियन्त्रणमा



रौतहट । सर्लाहीको मलंगवास्थित मालपोत कार्यालयमा सेवाग्राहीको काम गरिदिने भन्दै घुस मागेको आरोपमा एक कर्मचारी अख्तियारको फन्दामा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान करिब ९ बजे नायब सुब्बा निर्मल तिमिल्सिनालाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

लालबन्दी निवासी तिमिल्सिना मालपोत कार्यालयको प्रशासन शाखाअन्तर्गत मोही फाँटमा कार्यरत थिए।

आयोगका अनुसार ईश्वरपुर नगरपालिका–६, बयलबासस्थित जग्गाको मोही नामसारी तथा बाँडफाँटसम्बन्धी प्रक्रिया अघि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग एक लाख रुपैयाँ मागेका थिए। सोही रकम बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ।

पक्राउको पुष्टि गर्दै अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

सरकारी कार्यालयमा सेवाग्राहीको काम सहज बनाइदिने नाममा रकम मागिएको आरोपमा कर्मचारी पक्राउ परेपछि मालपोत कार्यालयको सेवा प्रवाह र कर्मचारीको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ। पक्राउ परेका तिमिल्सिनामाथि थप कानुनी अनुसन्धान तथा प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ३ : २२ बजे

Your email address will not be published.

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका(५ देवीस्थानबाट आज इजाजत नभएका चार

एनपिएल : पोखरा एभेन्जर्ससँग काठमान्डु गोर्खाज ५५ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आइतबार भएको खेलमा

कालीगण्डकी करिडोर सडक पुन: अवरुद्ध

गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन । गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौं

प्रधानमन्त्रीको सचिवालयका ‘विज्ञ’लाई संयोजक र उपसंयोजकको भूमिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा कार्यरत कर्मचारी