३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

बुटवल ४ मा रहेको ह्वाईट रोज एकेडेमीका सञ्चालकले भवन निर्माणको लागि लगेको ७० लाख नतिरेको गुनासो



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको ह्वाईट रोज एकेडेमीका सञ्चालकले विद्यालयको भवन निर्माणको लागि लगेको रकम नदिएको पिडितले गुनासो गरेका छन ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का रोमलाल भुषालबाट विद्यालयको भवन निर्माणको लागि ७० लाख रुपैयाँ लगेको पैसा ५ वर्ष हुदाँ पनि पैसा नदिएको गुनासो गरेका छन ।

वि.स. २०७५ साल पुस महिना देखि बैशाख महिना सम्ममा पटक पटक नगद र चेक मार्फत ह्वाईट रोज एकेडेमीका सञ्चालक विनोद ज्ञवालीलाई भुषालले ७० लाख रुपैयाँ दिएका थिए । उनले आफुलाई एकेडेमीको शेयर सदस्य बनाउने भन्दै विद्यालयको भवन निर्माणको लागि रकम लगेको तर हाल सम्म पनि उक्त रकम भुक्तानी नगरेको कारण अन्यायमा परेको भुषालले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी बताएका छन् ।

एकेडेमीबाट १० लाख रुपैयाँ मात्रै फिर्ता पाएको तर अन्य रकम ५ बर्ष सम्म पनि नपाएको भन्दै आफु अन्यायमा परेको गुनासो गरेका हुन । ज्ञवालीले स्कुलको सेयर सदस्य बनाउन नखोजेको र पटक पटक रकम दिने भनेर भाका सार्दै आएको र हाल ज्ञवाली एकाएक सम्पक बिहीन भएपछी आफु मिडियामा आउन बाध्य भएको बताएका छन ।

एकेडेमीमा हाल २ जना सञ्चालक रहेकोमा मुख्य सञ्चालक विनोद ज्ञवाली भने फरार रहेका छन् । उनी संगै सञ्चालक रहेकी संगीता देवी शर्माले अहिले विद्यालय सञ्चालन गरिरहेकी छिन् ।

विद्यालयमा हाल २०० भन्दा बढि विद्यार्थीहरु रहेका छन् । कक्षा १० सम्म अध्यापन गराउदै आएको विद्यालयका सहायक प्रधानाध्यापक तथा सञ्चालक समेत रहेकी संगीता देवी शर्माले आफ्नो विद्यालयले रोमलाल भुषालबाट कुल ७५ लाख रकम लिएको र त्यो बापत केही व्याज समेत दिएको बताईन । हाल ५१ लाख रुपैयाँ भुसाललाई दिन बाकी रहेको बताईन ।
भुसालबाट लिएको रकम मध्य हाल सम्म २२ लाख रुपैयाँ जती भुक्तानी गरेको बताईन । उनले भनिन् पैसा लिएको हो हामी २ जना पार्टनर भएको र एकजना सम्पक बिहीन भएकाले ‘मेरो हिस्सामा रहेको आधा रकम मेरो जग्गाको फुकुवा हुँदा बित्तीकै बेचविखन गरी तिर्ने छु, बाँकी मेरो पार्टनर अहिले सम्पर्कमा हुनुहुन्न, म नै ठुलो समस्यामा रहेको छु ।’ उनले भनिन विद्यालयले लिएको रकम र निज भुषाललाई प्रदान गरेको रकमको विवरण सबै आफुसंग सुरक्षित भएको भन्दै जग्गा बेच विखन गरेर वा अन्य विभिन्न स्रोतबाट रकम जम्मा गरेर उक्त रकम भुक्तानी गर्ने प्रतिवद्धता समेत जनाईन ।

पिडित भनिएका भुषाल संगै सञ्चालक द्वय विनोद ज्ञवाली र संगीतादेवी शर्माले दुई वटा तमसुख गरी कुल ६३ लाख ३५ हजार रुपैयाँ लिएको तमसुक गरेका छन् । उक्त तमसुक वडा कार्यालयबाट समेत प्रमाणित गरिएको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : १५ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको