१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कपिलवस्तु बाणगंगाका बालकलाइ मानव कल्याण मित्र मञ्च नेपालले भारतबाट ग¥यो उद्दार



बुटवल । मानव कल्याण मित्र मञ्च नेपाल तिलोत्तमा रुपन्देहीले भारतमा हराएका कपिलवस्तु वाणगंगाका शुरेन्द्र चौधरीलाई उद्दार गरी घर परिवारलाई बुझाएको छ ।

भारत उत्तर प्रदेशको देवरिया बालगृहबाट कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ६ का १३ वर्षिय बालक शुरेन्द्र चौधरीको चौधरीको उद्वार गरिएको हो ।

मानव कल्याण मित्र मञ्च नेपाल र प्रवासी नेपाली मित्र मञ्च भारतको संयुक्त पहलमा भारतमा हराएका बालकको उद्वार गरी नेपाल ल्याईएको हो ।

गत पुस १ गतेदेखि वालक घरबाटै हराएका थिए । बुधबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्याल र मञ्चका पदाधिकारी र सदस्यहरुले जनप्रतिनिधि, मानव अधिकारकर्मी र सञ्चारकर्मीहरुको रोहवरमा वालक शुरेन्द्र चौधरीलाई घरपरिवाको जिम्मा लगाईएको हो ।

सोही कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले मानवीय सेवालाई शिक्षा, स्वास्थ्य र संस्कारसंग जोड्नु पर्ने बताए । उनले छिमेकी देश भारतमा कैयौं नेपाली हराएको र अलपत्र परेको हुन सक्ने भएकाले त्यस विषयमा सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।्

वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता चौधरीले मानवीय सेवा नै सबै भन्दा ठूलो धर्म भएको बताउंदै भारतमा हराएको वालक उद्वार गरी परिवारलाई जिम्मा लगाईदिने कामको प्रशंसा गरिन् ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिलबहादुर भट्टराई, मानव कल्याण मित्र मञ्च नेपालका संरक्षक पूरुषोत्तम भट्टराई, पूर्व जिल्ला शिक्षा अकिारी टेकबहादुर थापा, रोटरी क्लव मणिग्रामका सचिव मिनप्रसाद भण्डारी लगायतले बोल्दै भारतमा हराएका वालक उद्वार गर्ने काम राज्यको भएपनि राज्यले गर्ने काम गरेर मानव कल्याण मित्र मञ्चले ठूलो काम गरेको भन्दै प्रशंसा गरे ।

महिला र वालवालिकाको क्षेत्रमा काम गर्दै आएको मानव कल्याण मित्र मञ्चले अहिलेसम्म दर्जन बढी वालबालिका भारतबाट उद्दार गरी नेपाल ल्याएर प्रशासन, जनप्रतिनिधि, मानव अधिकारकर्मी, सञ्चारकर्मीको रोहबरमा घरपरिवारलाई बुझाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : २३ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट