२१ मंसिर २०८२, आइतबार | December 7, 2025

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु



काठमाडौं । काठमाडौं र दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौंको तार्केश्वर नगरपालिका–६ चिसापानिमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

चिसापानी बस्ने नुवाकोटको नौकुण्ठ गाउँपालिका–२ घर भएका ३३ वर्षीय पासाङ्ग लोप्चन तामाङको मृत्यु भएको हो । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङको ग्रिनसिटि अस्पताल सामाखुशीमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

धर्मस्थलीबाट तिनपिप्लेतर्फ जाँदै गरेको  रा १ ख २७३४ नम्बरको ट्रिपरले सोही दिशा तर्फ जाँदै गरेको  बा ३४ प १००७ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो । टिप्पर चालकलाई प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ । शवलाई भने पोष्टमार्टमको लागि त्रि.वि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।

यता दाङको घोराही उपमहानगरपालिका १४ स्थित आर्मी ब्यारेक नजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रोल्पाको रुन्टिगढी गाउँपालिका–३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा मृत्यु भएको हो । रा १ ख १२०१ नम्बरको बसले नेपाली सवार रा ३ प ४२ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ११ : ४६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल