२५ भदौ २०८३, बिहिबार | September 10, 2026

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु



काठमाडौं । काठमाडौं र दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौंको तार्केश्वर नगरपालिका–६ चिसापानिमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

चिसापानी बस्ने नुवाकोटको नौकुण्ठ गाउँपालिका–२ घर भएका ३३ वर्षीय पासाङ्ग लोप्चन तामाङको मृत्यु भएको हो । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङको ग्रिनसिटि अस्पताल सामाखुशीमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

धर्मस्थलीबाट तिनपिप्लेतर्फ जाँदै गरेको  रा १ ख २७३४ नम्बरको ट्रिपरले सोही दिशा तर्फ जाँदै गरेको  बा ३४ प १००७ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो । टिप्पर चालकलाई प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ । शवलाई भने पोष्टमार्टमको लागि त्रि.वि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।

यता दाङको घोराही उपमहानगरपालिका १४ स्थित आर्मी ब्यारेक नजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रोल्पाको रुन्टिगढी गाउँपालिका–३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा मृत्यु भएको हो । रा १ ख १२०१ नम्बरको बसले नेपाली सवार रा ३ प ४२ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ११ : ४६ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी