१४ असार २०८३, आइतबार | June 28, 2026

बाँकेमा पूर्व जनमुक्ति सेना एकजुट हुँदै



नेपालगन्ज । माओवादी केन्द्र बाँकेले पूर्व जनमुक्ति सेनालाई सङ्गठित गर्ने अभियान थालेको छ । जनमुक्ति सेनाको योगदानलाई संस्थागत गर्ने भन्दै सो पार्टीले पूर्व जनमुक्ति सेनालाई संगठित गर्ने अभियान थालेको हो ।

माओवादीले संगठित गर्ने अभियान स्वरुप पूर्व जनमुक्ति सेना नेपाल बाँकेको जिल्ला भेलाको तयारी गरिएको जनाएको छ । माओवादी बाँकेका अनुसार पूर्व बिर्गेड साहयक कमान्डर सुन्दरको संयोजकत्वमा २५ सदस्यीय तयारी कमिटी गठन गरेको छ ।

तयारी समितिले यहि जेठ २५ गते बाँके जिल्लाको वृहत जिल्ला भेला गर्ने निर्णय गरेको माओवादी केन्द्र बाँकेका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए । तयारी बैठकमा जिल्लाभरका झण्डै १ सय पूर्व जनमुक्ति सेनाहरूको सहभागिता रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले १० वर्षे जनयुद्धमा युद्ध मोर्चाको नेतृत्वका गरेका कमाण्डरहरूले अव आर्थिक समृद्धि र समाजवादका आधारहरू खडा गर्ने कार्यमा योगदान गर्नु पर्ने बताए ।

कार्यक्रममा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेले पछिल्लो समय योगदान गरेको जनमुक्ति सेना राजनैतिक काम भन्दा बाहिर गएको जस्तो लागेर संगठित गर्ने अभियान सुरु गरिएको बताए । उनले जनमुक्ति सेनाले फेरी एक पटक देशका लागी योगदान गर्ने बेला आएको समेत बताए ।

उनले माओवादी पार्टीले जनमुक्ति सेनाको योगदानलार्इ संस्थागन गर्न चाहेको समेत बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता तुला राज बिष्ट बिहानी लगायत पूर्व जनमुक्ति सेनाका बिभिन्न तहका कमान्डरहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।

बाँके जिल्लामा झण्डै १ हजारको हाराहारीमा पूर्व जनमुक्ति सेनाका सदस्यहरूको बसोवास रहेको जिल्ला संयोजक पाण्डेले बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ९ : २० बजे

वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

भावनाले होइन, आत्ममन्थनपछि मात्रै सम्भव छ कम्युनिस्ट एकता : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

वामपन्थी एकताको समय आएको छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’