१ चैत्र २०८२, आइतबार | March 16, 2026

लुम्बिनी प्रदेशका सभामुख घर्तीले सिक्ने क्रममा दुर्घटनामा पारे सरकारी गाडी



बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सिक्ने क्रममा गाडी दुर्घटनामा परेका छन । सभामुख निवास बुटवलको रामनगरमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप आफुले सिक्ने क्रममा दुर्घटनामा परेका हुन ।

आफैंले सिक्ने क्रममा निवासको कम्पाउण्डको पर्खालमा ठोक्किएर गाडी दुर्घटनामा परेको सभामुख निवासका एक कर्मचारीले बताएका छन् ।

अहिले गाडी बुटवलकै एक ग्यारेजमा लुकाएर मर्मत गरिएको छ । गाडीको बाहिरी भागमा ठूलो क्षति नदेखिएको भए पनि भित्र ठूलो क्षति भएको मर्मतमा संलग्न एक मेकानिक्सले बताए ।

‘सरले आफैंले सिक्नुभएको थियो अचानक नियन्त्रण गर्न सक्नु भएन, पर्खालमा ठोक्किँदा गाडीको अगाडिको शिशा फुटेको छ । निवासको पर्खाल पनि केही भत्किएको छ,’ ती कर्मचारीले भने ।

दुर्घटनामा परेपछि उक्त जिपलाई सुटुक्क बुटवलको मैनाबगरस्थित महेन्द्रा कम्पनीको ग्यारेजमा मर्मतका लागि लगिएको थियो । अहिले उक्त गाडीलाई त्यहाँबाट पनि बुटवलकै बेलवासमा रहेको भैरव अटोवर्कसपमा लगिएको प्रदेश सभा सचिवालयका प्राविधिक सुरज ढकालले बताए ।

यस अघि पनि गत वैशाख १ गते सभामुखको सचिवालयका एक कर्मचारीले सिक्दै गर्दा लु १ झ ४४७ नम्बरको टाटा स्ट्रोम जिप दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा विद्युतको पोल ढल्नुका साथै स्थानीय डिल्लीराज अर्यालको घरमा क्षति पुगेको थियो। घरधनी अर्यालले घरमर्मतका लागि २० लाख रुपैयाँ दाबी गरेपछि विवाद उत्पन्न भएको थियो ।

सोही विवादका कारण हालसम्म पनि उक्त गाडी मर्मत हुन सकेको छैन । गाडीलाई वडा प्रहरी कार्यालय बुटवल रामनगरमा राखिएको ढकालले बताए ।

 

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ३ : ०३ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन