२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बर्दियाको जब्दिघाट पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बर्दियाको जब्दिघाट पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने भएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले अर्थ मन्त्रालयसँग बजेटका लागि छलफल भएको र अबको १० दिन भित्रमा ठेक्का प्रक्रियाका लागि सूचना प्रकाशित गर्ने जानकारी दिए ।

बर्दियाका स्थानीय जनप्रतिनिधि, सांसदलगायत सबैसँग सल्लाह गरेर सहमतिमा पुगेको उनको भनाइ छ । पुराना पुलको अदालतमा मुद्दा भएको र त्यसको आसपास नयाँ ठाउँमा पुलको ठेक्कामा जान लागिएको उनले बताए । उनले भने, “अर्थ मन्त्रीसँग मन्त्रिपरिषद् बैठकमा कुराकानी हुँदा अर्थले बजेट सुनिश्चित गर्नुप¥यो र प्राविधिकरुपमा गर्नुपर्ने काम विभागले गरिरहेको बताएको छु ।”

सांसद गौतमलाई अनशन तोड्न आग्रह

मन्त्री ज्वालाले हाल अनशनमा बसिरहेका सांसद सञ्जय गौतमलाई अनशन तोड्न अनुरोध गरेका छन् । अरु मन्त्रालयसँग सम्बन्धित विषय सम्बन्धित मन्त्रालय बोल्ने भए पनि आफ्नो मन्त्रालयले माग सम्बोधन गरेको उनको भनाइ छ । जब्दिघाट पुल निर्माण गर्नुपर्नेलगायतका माग गर्दै बर्दियाका सांसद गौतम भाँचिएको पुलमुनी आमरण अनशन बसेका छन् । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको सो पुल पाँच वर्ष पहिले भत्केको थियो भने गत वर्षको बाढीले सबै संरचना बगाएको थियो ।

विकासका काम छिटो सम्पन्न भएर नागरिकले छिटो सुविधा पाउन् भन्ने कुरामा आफूले ध्यान दिइरहेको मन्त्री ज्वालाले बताए । ‘क्रोनिक’ ठेक्काका विषयमा सकेसम्म लचिलो भएर काम गराउन लागिएको उनले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन मन्त्रालय वा अन्य कुन मन्त्रालय वा निकायका कारण निर्माणमा अवरोध पुगेको हो सो निकायसँग अनुरोध गरेर वा दबाब दिएर कसरी हुन्छ काम गराउन लागिएको उनले बताए । उनले भने, “कुनै पनि अवस्थामा काम नहुने र जनतालाई दुःख दिने र काम गर्नसक्ने अवस्था नभएमा मात्रै ठेक्का तोड्न लागिएको छ ।”

घोराहीको बबईदेखि तुलसीपुरसम्मको एक्जिम बैंकको सफ्ट लोनमा अघि बढेको सडक योजनाको ठेक्का तोडिएको उनले जानकारी दिए । सन् २०१९ मा दुई वर्षमा सकाउने गरी ठेक्का भए पनि अवधि थप्दासमेत १० प्रतिशत बाहेक प्रगति नभएकाले त्यो ठेक्का तोडिएको उनले बताए ।

मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले गत आर्थिक वर्षमा कतिपय पुराना ठेक्का सम्पन्न भएका र नभएको योजनामा पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइरहेको बताए । सधैँ निर्माण व्यवसायीको कारणले मात्रै नभएर कहिलेकहिले भौगोलिकलगायतका कारणले निर्माणमा समस्या आउने गरेको उनले बताए ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले यस अघि पनि जब्दिघाट पुलका विषयमा कुरा उठेको र कुन विकल्पमा जान सकिन्छ भनी छलफल भइरहेको बताए । अहिले आफू विभागका पुल महाशाखाका प्रतिनिधिसहित निर्माणस्थल पुगेर स्थानीयवासीसँग छलफल गरेर आएको उनले जानकारी दिए । उनले भने, “स्थानीयवासीसँग अहिले पुल भएको ठाउँभन्दा केही यताउता बनाउने गरी कुरा भएको छ ।”

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : २७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले