२ असार २०८३, मंगलबार | June 16, 2026

पाल्पा तानसेनमा जेठ १२ गते वृत्ति विकास तथा रोजगार मेला हुने



पाल्पा । तानसेन नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला गर्ने भएको छ । ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गर्न लागेको हो ।

आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको मेला व्यवस्थापन उपसमितिका संयोजक प्रदीप खनालले बताए ।

तानसेनको शिक्षा तथा सामाजिक विकास समितिका संयोजक समेत रहेका खनाल भने, ‘नगरप्रमुखको संयोजकत्वमा कार्यपालिकाको सम्पूर्ण टीम सहित मूल आयोजक समिति गठन गरिएको छ । यस मेलाले पढ्दै गरेका विद्यार्थी तथा युवा लक्षित गरी उनीहरुलाई समयमै रोजगारी प्रदान गर्ने उद्देश्य राखेको छ । यहाँ सीप सिक्ने तरिका, सिकाईका माध्यम, रोजगारी प्राप्त हुने स्थानहरु बारे जानकारीमूलक स्टलहरु रहनेछन् ।’

तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्कीले रोजगारीका लागि सीप सिक्न चाहेका र सीप सिकिसकेका व्यक्तिहरुले रोजगारी प्राप्त गर्न मेला सहयोग बन्ने बताए । उनी भन्छन, ‘किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेका छन्, न उनीहरु खुसी छन्, नत परिवार नै खुसी छ, त्यसकारण स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले यस्तो योजना अघि सारेको हो ।’

आफ्नो मार्ग पहिचान गर्न, दिगो तथा सम्मानित रोजगारीका लागि सीप सिक्न, सीप सिकिसकेकाले रोजगारी प्राप्त गर्न, व्यवसायीले आफ्नो व्यसायअनुसारको जनशक्ति खोजी गर्न मेला आवश्यक रहेको शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले बताइन । मेला यही जेठ १२ गते मखनटोल तेर्सो सडकमा बिहान १० देखि बेलुका ५ बजेसम्म हुने नगरपालिकाले जनाएको छ । मेलामा विभिन्न सीपमूलक कार्यहरुका ३० बढी स्टलहरु रहनेछन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ८ : २९ बजे

राप्ती सोनारीमा उद्योग स्थापना गर्न उद्योगी व्यवसायीलाई पालिकाको आह्वान

नेपालगन्ज । बाँकेका उद्योगी व्यवसायीहरुले लगानी मैत्री वातावरण पाए राप्ती

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको

“सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ”

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा,

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र

बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन

नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका