१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

नेपालगन्ज मेडिकल कलेजका बाल शल्यचिकित्सक डा. फिरोज ७ दिनका लागि निलम्वित



नेपालगन्ज । आकस्मिक कक्षमा आएको बिरामीको आकस्मिक उपचार व्यवस्थापन नगरी रिफर गर्ने नेपालगन्ज मेडिकल कलेज कोहलपुरका बाल शल्यचिकित्सक डा. फिरोज आलमलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ । अस्पतालको आकस्मिक कक्षमा आएको बिरामीको आकस्मिक उपचार व्यवस्थापन नगरी रिफर गरेका कारण बिरामीको मृत्यु भएको भन्दै डा. आलमलाई काउन्सिलले एक हप्ताका लागि निलम्बन गरेको हो ।

नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले डा.आलमले आकस्मिक उपचारका लागि आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन नगरी उपचार गर्न नसक्ने भन्दै अन्त लैजान सुझाव दिएको ठहर गर्दै निलम्बनको निर्णय गरेको हो ।

बाँकेकी भावना थापाको नवजात शिशुको कान्ति अस्पतालमा उपचार गराएर बाँके फर्किएको ४ महिनापछि पुनः बच्चामा जटिलता आएपछि अभिभावकले नेपालगञ्ज मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गराएका थिए ।

आकस्मिक कक्षमा भर्ना भएका शिशुलाई डा.अलामले आफूले उपचार नगर्ने बताएपछि परिवारले काठमाडौं लैजाने तयारी गरेको थियो । तर, सोही दिन बालकको मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि परिवारले मेडिकल काउन्सिलमा डा.आलम विरुद्ध उजुरी गरेका थिए ।

आकस्मिक उपचारमा आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन नगरी अन्त रेफर गरेका कारण बालकको मृत्यु भएको काउन्सिलले ठहर गरेको छ । ‘इमर्जेन्सीमा आएको बिरामीलाई सामान्य इमर्जेन्सी उपचार व्यवस्थापन भएको पनि देखिदैंन्,’ काउन्सिलको निणइमा लेखिएको छ, ‘चिकित्सकले त्यो कुरालाई हेक्का राखेको देखिएन ।’

सुरुमा डा.आलमले काउन्सिललाई आफूले बालकको इमर्जेन्सी उपचार गरेको बयान दिएपनि काउन्सिलले छानविनमा उनी दोषी देखिएपछि कारवाही गरेको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : ५० बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा

बिबिसीको डकुमेन्ट्री विवादबारे सुरज पाण्डेको अभिव्यक्ति : ‘निर्वाचनमा विवेक प्रयोग गरौँ’

बुटवल । उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २

प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन,

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँ : सभापति थापा

गलकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा