१४ भदौ २०८३, आइतबार | August 30, 2026

घरेलु प्याडलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड



काठमाडौं । महिलाहरूको महिनावारीलाई सुरक्षित बनाउन राष्ट्रिय योजनाभित्र राख्नुपर्नेमा जोड दिइएको छ । सुरक्षित महिनावारी हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ एक्सपोज नेपालले आयोजना गरेको अन्तराष्ट्रिय महिनावारी दिवसको कार्यक्रममा यस्तो बताइएको हो ।

उपत्यकाव्यापी साइकल र्‍यालीको उदघाटन गर्दै उपसभामुख इन्दिरा राणामगरले यस्तो बताएकी हुन् । राणाले सुरक्षित महिनावारीलाई राष्ट्रिय योजनाभित्र राखेर नेपालमा उत्पादन भएका घरेलु प्याडलाई बिशेष प्राथमिकताका साथ प्रयोगमा जोड दिने बताइन् । उनले नारी मात्र नभएर पुरूष पनि महिलाहरूको महिनावारीमा उतिकै जिम्मेवार बन्नुपर्ने बताइन् ।

उनले जनचेतनामा महिला मात्र होइन, पुरूष पनि जोडिने हुनाले पुरूषको पनि साथ सहयोग आवश्यक रहेको बताइन् । उनले विश्वका महँगा कपडा जेलरहरूले उत्पादन गरिने भन्दै घरेलु प्याड पनि जेलरहरूलाई प्रशिक्षण दिएर उत्पादनमा लगाउनुपर्ने बताइन् ।

एक्सपोज नेपालले हरेक वर्ष २८ मेका दिन राष्ट्रिय महिनावारी दिवस मनाउँदै आइरहेको छ । एक्सपोज नेपालले सन २०१५ देखि निरन्तर महिला हिंसा, यौन हिंसा, यौनिकता र महिनावारीलगायतका काममा सकृय रहँदै आएको छ ।

उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट आयोजना गरिएको साईकल र्यालीमा भक्तपुर साईकल कनेक्ट, काठमाडौं कोरालगाएतका टिम गरी कुल तीन सय ५७ साईकलयात्री सहभागी भएका छन् ।

कार्यक्रममा एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपालमा उत्पादित घरेलु प्याडलाई सरकारले प्राथमिकता दिनुपर्ने र ९० प्रतिशत केमिकलयुक्त प्याडलाई सरकारले प्राथमिकताको सूचिबाट हटाउनुपर्ने बताए । उनले सन २००७ देखि सुरू भएको एक्सपोज नेपालले २०१५ देखि सकृय रहेर हालसम्म आउँदा ७ हजार २ सय जनालाई घरेलु प्याड उत्पादन प्रशिक्षण सञ्चालन गरेको जानकारी दिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ६ : ३६ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा