२४ बैशाख २०८१, सोमबार | May 6, 2024

घरेलु प्याडलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड



काठमाडौं । महिलाहरूको महिनावारीलाई सुरक्षित बनाउन राष्ट्रिय योजनाभित्र राख्नुपर्नेमा जोड दिइएको छ । सुरक्षित महिनावारी हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ एक्सपोज नेपालले आयोजना गरेको अन्तराष्ट्रिय महिनावारी दिवसको कार्यक्रममा यस्तो बताइएको हो ।

उपत्यकाव्यापी साइकल र्‍यालीको उदघाटन गर्दै उपसभामुख इन्दिरा राणामगरले यस्तो बताएकी हुन् । राणाले सुरक्षित महिनावारीलाई राष्ट्रिय योजनाभित्र राखेर नेपालमा उत्पादन भएका घरेलु प्याडलाई बिशेष प्राथमिकताका साथ प्रयोगमा जोड दिने बताइन् । उनले नारी मात्र नभएर पुरूष पनि महिलाहरूको महिनावारीमा उतिकै जिम्मेवार बन्नुपर्ने बताइन् ।

उनले जनचेतनामा महिला मात्र होइन, पुरूष पनि जोडिने हुनाले पुरूषको पनि साथ सहयोग आवश्यक रहेको बताइन् । उनले विश्वका महँगा कपडा जेलरहरूले उत्पादन गरिने भन्दै घरेलु प्याड पनि जेलरहरूलाई प्रशिक्षण दिएर उत्पादनमा लगाउनुपर्ने बताइन् ।

एक्सपोज नेपालले हरेक वर्ष २८ मेका दिन राष्ट्रिय महिनावारी दिवस मनाउँदै आइरहेको छ । एक्सपोज नेपालले सन २०१५ देखि निरन्तर महिला हिंसा, यौन हिंसा, यौनिकता र महिनावारीलगायतका काममा सकृय रहँदै आएको छ ।

उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट आयोजना गरिएको साईकल र्यालीमा भक्तपुर साईकल कनेक्ट, काठमाडौं कोरालगाएतका टिम गरी कुल तीन सय ५७ साईकलयात्री सहभागी भएका छन् ।

कार्यक्रममा एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपालमा उत्पादित घरेलु प्याडलाई सरकारले प्राथमिकता दिनुपर्ने र ९० प्रतिशत केमिकलयुक्त प्याडलाई सरकारले प्राथमिकताको सूचिबाट हटाउनुपर्ने बताए । उनले सन २००७ देखि सुरू भएको एक्सपोज नेपालले २०१५ देखि सकृय रहेर हालसम्म आउँदा ७ हजार २ सय जनालाई घरेलु प्याड उत्पादन प्रशिक्षण सञ्चालन गरेको जानकारी दिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ६ : ३६ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष