२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

भेरीको धमिलो पानीले तिर्खा मेट्दै खारावासी



जाजरकोट । जाजरकोट छेडागाड नगरपालिका–१३ का सर्वसाधारण भेरी नदीको फोहर पानी पिउन बाध्य भएका छन् ।

पुर्खौँदेखि भेरी नदीको फोहर पानी आधा घण्टाको दूरीमा बोकेर ल्याई पिउनुपर्ने बाध्यतालाई कसैले बुझ्ने प्रयास गरेनन् । सबै तहका नेता तथा जनप्रतिनिधिसँग पानीका लागि याचना गरेका खारावासी वर्षेनी १२ महिना भेरीको पानी पिउने बाध्यता हट्न नसकेको पदमा लुहार बताउँनुहुन्छ । उहा भन्नुहुन्छ, ‘भेरीबाट आधा घण्टा उकाली चढेर घरमा लिनेबितिकै पानी प्रयोग गर्न नमिल्ने भएकाले एक घण्टा नहल्लाइकन राख्दा बालुवा गाग्रीको तल थिग्रिएपछि मात्र पिउनयोग्य हुने गर्दछ ।’

उहाजस्तै अर्की कमला लुहारको पीडा पनि कम्ती छैन । तीन महिनाको दूधे बच्चा छाडेर दैनिक तीनपटक भेरी नदीको फोहर पानी पिउनका लागि नदीको किनारमा पुग्नुपर्छ उहाले भन्नुभयो, ‘सङ्घसंस्थादेखि अन्य जनप्रतिनिधि हेरी गए पनि अहिलेसम्म पानी ल्याउने कुनै सुरसार छैन । पशुचौपायादेखि मानिस सबैले भेरी नदीको पानी पिउनुपर्ने बाध्यता छ ।’

भेरीको पानी नखाए तिर्खाले मरिने चिन्ता, खाए वर्षेनी फोहर पानीका कारण बिरामी हुनुपर्ने पीडा खारावासीको मुख्य समस्या रहेको छ । तीस घर दलित परिवार र अन्य केही जनजाति समुदायको बसोबास रहेको खारामा पीडा सुन्ने धेरै आए तर काम गर्ने कोही आएनन् भन्दै आक्रोशसमेत पोख्न थालिएको छ । अब कुराभन्दा परिणाम चाहिएको छ स्थानीयवासी धनवीर लुहारले भन्नुभयो ।

छिन्चु–जाजरकोट सडकखण्डको बीच भाग छेडागाड नगरपालिका–१३ मा पर्दछ खारा । यही बाटो भएर सयौँ उच्चपदस्थ व्यक्ति आवातजावत हुँदा खारावासीले पानीको समस्या सुनाउने गरेका छन् । हुन्छ, सबैले भन्छन् तर काम कसैले गर्दैनन् खारावासीको गुनासो छ ।

आधा घण्टाको दूरीमा भेरी नदीमा पानी उर्लदो छ तर माथि रहेको जमिन हिउँद्याममा बाँझो रहन्छ, वर्षायाममा आकासेपानीको भरमा खेती गरिँदै आइएको छ । गाउँलेहरु भन्दा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी पानीको ठूलो मारमा छन् । घरबाटै बोकेर ल्याएको पानी छिनभरमै सकिने भएकाले विद्यार्थी हैरान हुने शिक्षकहरुको भनाइ छ ।

फोहर पानी पिउँदा खारावासीमा वर्षेनी पानीजन्य रोग देखा पर्दै आएको छ । झाडापखाला, जुकालगायतका रोगबाट यहाँका सर्वसाधारण सधैँ पीडित हुने गरेका छन् । वडाध्यक्ष मोतीलाल खत्री सानोतिनो रकमले खानेपानी आयोजना निर्माण नहुने भएकाले डिपीआरको काम भएको र केही समयपछि पानीका लागि काम शुरु हुने बताउनुभयो । ‘करोडभन्दा बढीको आयोजना सञ्चालन गरेमा मात्र यहाँ खानेपानी पुग्छ’, खत्रीले भन्नुभयो । रासस

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : २६ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा