२१ भदौ २०८३, आइतबार | September 6, 2026

बुटवलमा दरबार हत्याकाण्डको स्मरण गर्दै दीप प्रज्वलन



बुटवल । नेपालमा राजदरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको स्मृतीमा शुक्रबार बुटवलमा दीप प्रज्वलन गरिएको छ  ।

हिमानी ट्रस्टको आयोजनामा बुटवल-११ देविनगर चोकमा दीप प्रज्वलन गरिएको हो ।

स्व. राजा विरेन्द्र शाहको २२ वर्षअघि आजकै दिन वंशनाश भएको स्मृतीमा दीप प्रज्वलन गरिएको रुपन्देही सहसंयोजक प्रजुना श्रेष्ठ शिलवालले बताइन । हिन्दु धर्मको पहिचानका रुपमा रहेका राज परिवारको नरसंहार हुनु नेपाली जनताको कालो हिमानी ट्रस्टको रुपमा रहेको उनले बताइन । २०५८ जेठ १९ गते राति तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा गोली चल्दा राजा वीरेन्द्रसहित उनको १० जनाको परिवारको हत्या भएको थियो । हालसम्म पनि हत्याकाण्ड रहस्यमय हुनु नेपाली जनताका लागि दुःखद रहेको हिमानी ट्रस्ट रुपन्देही कि सदस्य कृशा न्यौपानेले बताइन ।

कार्यक्रमको सञ्चालन गर्दै भिमनाथ शर्मा सम्पूर्ण नेपालीको एकताको पहिचान राज संस्थाको अन्त्य हुनेगरी भएको हत्याकाण्डको निस्पक्ष छानविन र दोषिमाथि कारबाही हुनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : २२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका