२ पुस २०८२, बुधबार | December 18, 2025

उडिसा दुर्घटनाको ५१ घन्टा पछि एक लेनको रेल सेवा सुचारु, दोस्रो चाँडै हुने



उडिसा । उडिसा रेल दुर्घटना पछि अबरुद्ध हुन पुगेको रेल सेवा ५१ घन्टा पछि सुचारु भएको छ ।

बालासोर जिल्लाको बहंगा बजारमा शुक्रबारको भीषण रेल दुर्घटना पछि पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अबरुद्ध हुन पुगेको थियो ।

तर, हिजो राती मुख्य ट्रंक लाइनबाट क्षतिग्रस्त रेलका कोचहरू हटाइएको तथा रेल सेवाहरू सुचारु गर्नका लागि दुईवटा ट्र्याकहरू मर्मत गरिए पछि सो बाटो हुदै जाने रेल सेवा सुचारु भएको हो । आइतबारदेखि एक लाइनको रेल सेवा सञ्चालनमा आएको थियो ।

सो भयानक दुर्घटना पछि घटनास्थलमा रहेका रेल मन्त्री रेल मंत्री अश्विनी वैष्णव आफैं उपस्थित भएर रेल्वे सेवा सुचारु गराएका थिए । सो दुर्घटनाको ५१ घन्टा पछि मालगाडी पास भए पछि रेलमन्त्रीले पहिले भगवानलाई धन्यवाद दिए र त्यसपछि जनतासँग कुरा गर्दै सबैले राम्रो हुदैँ जाने बताए ।

‘यस दुर्घटनामा ज्यान गुमाएका परिवारहरूप्रति म धेरै दुःखी छु। तर हामी यो घटनाको जरासम्म जान्छौं। दोषी जोसुकै भए पनि कडा भन्दा कडा कारबाही हुन्छ,’ उनले उपस्थित सञ्चारकर्मीसँग भने, ‘रेल पुनः सञ्चालनमा आएकोमा सबैलाई बधाई छ, अब दोस्रो लाइनवाट पनि रेलसेवा चाँडै सुरु गर्नुपर्छ।’

रेल मन्त्री वैष्णवले दुर्घटनाको मूल कारण पत्ता लगाइएको छ र यसको लागि जिम्मेवार व्यक्ति पहिचान गरिएको छ जनाएका छन । ‘यो दुर्घटना इलेक्ट्रोनिक इन्टरलकिङ र प्वाइन्ट मेसिनमा गरिएको परिवर्तनका कारण भएको हो,’ प्रारम्भिक रिर्पोटवारे जानकारी दिदै उनले पत्रकारहरुसँग भने ।

उनका अनुसार सो दुर्घटनाको कारण ‘पोइन्ट मेसिन’ र  ‘इलेक्ट्रोनिक इन्टरलकिङ’ प्रणालीसँग सम्बन्धित रहेकाले सोही बिन्दुवाट अनुसन्धान गरिएको छ ।

गत शुक्रबार राती तीनवटा रेल एक आपसमा ठोक्किदा २ सय ७५ भन्दा बढीको मृत्यु भएको थियो भने ११ सय भन्दा बढी घाइते भएका थियो । सो दुर्घटना यस दशककै सबैभन्दा ठुलो दुर्घटना मानिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ७ : १९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल