१० भदौ २०८३, बुधबार | August 26, 2026

मदन–आश्रितको अस्तु विसर्जन गरिएको स्थानमा उद्यान


२२ जेष्ठ २०८०, सोमबार  

169
Shares

काठमाडौं । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको अस्तु विसर्जन गरिएको ठाउँमा आकर्षक बाटिका निर्माण गरिएको छ ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गा उनीहरूको मृत्यु भएको थियो । नेताद्वयको मृत्युपश्चात् चितवनको माडी नगरपालिका–६ लक्ष्मी निवासमा अस्तु विसर्जन गरिएको थियो ।

तत्कालीन जनप्रतिनिधिले मदन–स्मृति वन बाटिका नामकरण गरेर २०५६ सालमा ‘भ्यू टावर’ निमार्ण अगाडि बढाएको बाटिकाका उपाध्यक्ष श्रीप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार यस बाटिकामा रहेको समीको चौतारोमा मदन भण्डारी र जीवराज आश्रितको अस्तु विर्सजन गरिएको छ । सोही ठाउँ नजिक कम्युनिष्ट नेताद्वय पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा शालिकसमेत निर्माण गरिको र उद्यानको नाम समेत पुष्प–मदन स्मृति बाटिका राखिएको छ । बाटिकामा अहिले भौतिक संरचना र सौन्दर्यकरणका काम भइरहेको जनाइएको छ ।

माडी ठोरी हुलाकी सडकअन्तर्गत जनकल्याण माविबाट करिब दुई किलोमिटर दक्षिणतर्फ लागेपछि लक्ष्मी निवाससँगै रेवा मध्यवर्ती सामुदायिक वनमा रहेको यस बाटिकामा पुग्न सकिन्छ । यहाँ फोटो खिच्ने र टिकटक बनाउनेसँगै वनभोज खान र घुमिफिर गरेर मनोरञ्जन लिन आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । बाटिकामा निर्माण गरिएको भ्यूटावरबाट माडी उपत्यकाका विभिन्न ठाउँ र भरतपुरको गोलाघाटसम्मका सुन्दर दृष्य देख्न सकिन्छ । वाटिकामा भ्यू टावर, बालउद्यान, एकतास्तम्भ, पुष्पलाल र भण्डारीको सालिक, वनभोज स्थल र सभाहल रहेको उपाध्यक्ष दवाडीले जानकारी दिए ।

“पार्कमा फोटो र टिकटक बनाउनका लागि आकर्षक संरचना निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “यहाँ नेपालसँगै भारतबाट पनि पर्यटक आउने गरेका छन् ।” यहाँ पर्यटकका लागि निःशुल्क खेल मैदान, शौचालय, खानेपानीको सुविधा, व्यायाम गर्नसक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । “अब स्काइ चियर तथा पिङमा जहाज राख्ने योजना रहेको बताउँदै”, उपाध्यक्ष दवाडीले भन्नुभयो, “हामीले यो क्षेत्रलाई विकास गर्दा माडी पर्यटकीय हिसाबले निकै अगाडि बढ्छ र स्थानीयलाई रोजगार पनि प्रदान हुन्छ ।” अब स्काइ चियर तथा पिङमा जहाज राखेर दुई जनालाई रोजगार दिने तयारीमा छौँ ।”

माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतोले दैनिक एक सय पर्यटक बाटिका घुम्न आउने गरेको बताए। बिदाको दिनमा भने धेरैनै पर्यटक आउने बताउँदै उनले भने, “मदन–आश्रितको स्मृतिमा स्थापित बाटिकालाई थप व्यवस्थित बनाउँदै होम स्टेसँग जोडेर अगाडि बढाउने हाम्रो योजना छ ।”

विसं २०५६ मा बाटिका निर्माणको छलफल भएपछि स्थानीयले यहाँ होमस्टे सञ्चालनमा ल्याएका जनाइएको छ । उनले भने, “अहिले होमस्टे र बाटिकाको सम्बन्ध नङ र मासुको जस्तै भएको छ । होमस्टे आउने पर्यटक बाटिकामा घुम्छन् । बाटिकामा घुम्न आउने पर्यटक होमस्टेमा बस्छन् । यसको कारण माडी–६ को लक्ष्मी निवास निकै अगाडि छ ।” बाटिका निर्माणका लागि बागमती प्रदेश सरकारले झण्डै रु दुई करोड, सङ्घीय सरकारबाट रु १० लाख, प्रदेश वन मन्त्रालयअन्तर्गत पर्यटन विभागबाट २० लाख, माडी नगरपालिकाबाट गत वर्ष र यस वर्ष रु १०÷/१० लाख बजेट विनियोजन भएको थियो । यस वर्ष पनि नगरपालिकाले बाटिकालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने नगरप्रमुख महतोले बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ११ : ११ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी