३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

बुलेटको दुई नयाँ मोडल क्लासिक ३५० र हिमालयन स्क्याम ४११ अव बुटवलमा



बुटवल । रोयल ईनफिल्डको नयाँ दुई मोडलका बाईकहरुको बुटवलमा लन्च गरिएको छ। रोयल ईनफिल्डको पछिल्लो उत्पादन क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्याम ४११ गरि दुई नयाँ भेरियन्टका बाईक बुटवलमा लन्च गरिएको हो।

क्लासिक ३५० को बजार मुल्य ४ लाख ९९ हजार रुपैया रहेको छ भने रोयल इलफर्ड हिमालयन स्क्याम ४११ को बजार मूल्य ६ लाख ४० हजार रुपैया कायम गरिएको छ। नयाँ बजेटमा २०० सीसी भन्दा माथिको सरकारी दस्तुर घटेकाले नयाँ लञ्च गरिएका बाईकहरु बजेट अगाडीका मुल्यको तुलनामा १ देखि डेढलाख सस्तो पर्न गएको रोयल ईनफिल्डको अधिकृत बिक्रेता गैरे प्रतिष्ठानका संचालक प्रेमराज गैरेले बताए । नेपालमै एसेम्बल प्लान्ट स्थापना भएसंगै नेपाली बजारमा मूल्य घटेर आएको उनले बताए।

नयाँ लञ्च गरिएका मोडेलहरुको एक समारोहका बीच बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक प्रसाद गैरे, पश्चिम क्षेत्रिय पेट्रोलियम डिलर एसोसियसनका अध्यक्ष हिमाल गैरे, प्रतिष्ठानका सदस्य प्रेम गैरे, प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरेले बाइकको पर्दा हटाएर औपचारिक रुपमा लन्च गरेका थिए ।

सो अवसरमा कम्पनीका म्यानेजर ध्रुव सापकोटाले रोयल इन्फिल्ड सन १९०१ देखि निरन्तर उत्पादन गर्दै आएको एकमात्र कम्पनी भएको बताए। उनले लञ्चका अवसरमा दुबै मोडेलका विशेषताहरु बताएका थिए । सापकोटाका अनुसार रोयल इन्फिल्ड स्क्राम ४११ रोयल इन्फिल्ड हिमालयनमा आधारित छ। तर हिमालयको तुलनामा यसमा निकै नै परिवर्तन गरिएको छ । सो बाइकमा स्लिक हेडल्याम्प कभर सानो ट्याङ्की एक्स्टेन्सन, ब्यास प्लेट, सिंगल पिस सिट र सिंगल पिस पिलियन ग्याब ह्यान्डल छन् । स्क्रामको फ्रन्टमा १९ इन्च टायर र रियरमा १७ इन्च टायर छन् ।

यसको सिटको उचाइ पनि हिमालयन भन्दा ५ एमएम कम छ । रोयल इन्फिल्डको नयाँ स्क्रायाम्बलरको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । रोयल इन्फिल्ड स्क्राम ४११७ रङमा उपलब्ध छ, जसमा ग्रेफाइट थिम ३ रङमा उपलब्ध छ ।

स्क्राम ४११ मा रोयल इन्फिल्ड मेटियर ३५० मा जस्तै इन्स्ट्युमेन्ट कन्सोल एक सेमी-डिजिटल युनिट जस्तै छ । मुख्य इन्स्ट्युमेन्ट पोडमा फ्युल गेज, टाइम, ट्रिपमिटर, ओडोमिटर इत्यादिका लागि डिजिटल रिड आउटको साथ एनालग स्पिडोमिटर छ । ब्रेकिङ सिस्टमको लागि फ्रन्टमा ट्विन पिस्टन क्यालिपरसहित ३०० एमएम डिस्क र रियर सिंगल पिस्टन क्यालिपरसहित २४० एमएम डिस्क छ ।

सो बाइक मानकको रूपमा ड्युअल च्यानल एवीएसको साथ आउँछ । हाफ डुप्लेक्स स्प्लिट क्याडल फ्रेममा आधारित, यो ४१ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क (१९० एमएम विल ट्राभल) र रियरको लिंकेज भएको मोनोसक (१८० एमएम विल ट्राभल) मा सस्पेन्ड गरिएको छ ।

रोयल एनफिल्ड स्क्राम ४११ मा पावरको लागि हिमालयन जस्तै ४११ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ, जसले २४.३ बीएचपी पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीले आफ्नो थ्रोटललाई पेपरियर परफर्मेन्सको लागि अलिकति ट्विक गरिएको तर ५ स्पिड गियरबक्स भने कायम राखिएको बताएको छ ।यसको पिएच ६ र ३४९ सिसिको इन्जिन रहेको उनले बताए।

यसैगरि क्लासिक ३५० सिसिमा बीएसओ रहेको र यसको क्षमता ३४९ सीसी साथै एफआई इन्जिन रहेको छ, जसले २०२ बीएचपी पावर तथा २७ एनएम टर्क जेनेरेट गर्ने सापकोटाले बताए ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  २ : २४ बजे

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका

बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघर ल्यायो ‘जीवन परिवर्तन योजना’

बुटवल । बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघरले सेवाग्राहीलाई

राइटपाथले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ गर्ने

बुटवल । शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र