६ बैशाख २०८३, आइतबार | April 19, 2026

खजुरा क्यान्सर अस्पतालमा अव अनलाईनबाट सेवा लिन सकिने



खजुरा । पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पताल सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालले अनलाईन बुकिङ सुरु गरेको छ । अनलाईनबाटै डाक्टर छानेर समय लिन सकिने र परिक्षणका रिपोर्टहरुपनि सेवाग्राहीले घरमै बसेर हेर्न सकिने ब्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

अनलाईनबाट नाम लेखाउन अस्पतालको वेब साइट https://skpch.gov.np/ लगइन गरेर आफ्नो मोबाईल नम्बर, नाम प्रविष्ट गरेसँगै जँचाउन चाहेको विभागको नाम र आफुले जँचाउन चाहेको डाक्टर छानेर जँचाउन चाहेको मितिलाई सुरक्षण गरेपछि अस्पतालमा आफ्नो नाम बुकिङ हुने अस्पतालका प्रमुख डाक्टर निरज भट्टराईले जानकारी दिए । यसरी बुकिङ गरेका सेवाग्राहीले जाँचेर ल्याव परिक्षणको रिपोर्ट पनि मोबाइलमा नै पठाउने ब्यवस्था गरिएको उनले बताए ।

क्यान्सर उपचारको पहिलो अस्पताल बनेसँगै पश्चिम नेपालका सरकारी अस्पतालमा अनलाईन बुकिङको ब्यवस्था भएको यो नै पहिलो अस्पताल समेत बनेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालित, ‘प्रखर परोपकार मिशन नेपाल’ तथा दिनदयाल जी महाराजको संयुक्त संकल्पद्वारा स्थापित कर्णाली, सुदुरपश्चिम तथा लुम्बिनी प्रदेशकै एक मात्र क्यान्सर अस्पतालले विशेषज्ञ चिकित्सक सहितको सेवा दिइरहेको छ । अस्पतालले अहिले क्यान्सर सम्बन्धि उपचारका लागि उपचारात्मक, निदानात्मक तथा प्रशामक सेवा सञ्चालन गरिरहेको छ।

केमोथेरापी, शल्यचिकित्सा, पाठेघरको भित्रि सेकाइ लगायतका सेवाहरु निरन्तर संचालित छन्। यसका साथै बाहिरी सेकाइको लागि मेसिन जडान भइ सुरुवातको तयारी रहेको अस्पताल प्रमुख डा. भट्टराईले जानकारी दिए ।

अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीहरुको फोक्सो, स्तन, रक्तनली, नाक(कान(घांटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली तथा पिसाबथैली लगायतका क्यान्सरको उपचारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ भने पश्चिम नेपालकै एक मात्र पोजेटिभ प्रेसर आइ। सी। यु, मेमोग्राफी, सिटीस्क्यान, चौबिसै घण्टा संचालनमा रहने अत्याधुनिक ल्याब तथा एक्सरे सेवा सहितको सेवा दिइरहेको छ।

खजुरा र यस आसपासको स्थानीयले महायज्ञको माध्यमबाट अस्पताल स्थापना गरि २०७२ सालमा अस्पताल सरकारलाई हस्तान्तरण गरेका थिए । अस्पतालले सेवामा गति लिइरहँदा अस्पताल स्थापना गर्ने प्रखर परोपकार मिशन नेपाललाई भने विगत ५ वर्ष देखि अध्यावधिक समेत नगराई निश्क्रिय बनाइएको छ । सो समितिको अध्यक्ष खजुरा गाँउपालिकाका पूर्व अध्यक्ष किस्मत कुमार कक्षपति रहेका छन् ।

अस्पताललाई नियमित ब्यवस्थापन गर्न अस्पताल विकास समितिमा मिशन नेपालबाट ३ जनाको प्रतिनिधित्व रहने कानुनी प्रावधान बनाइएको भएपनि समितिलाई चलायमान नगराउँदा मिशनबाट विकास समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको बैधानिकतामाथि प्रश्न उठेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ९ : २३ बजे

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर । यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन्

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा । जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’