१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भन्सार छलेर पाल्पा पुग्दै गरेको ठुलो परिमाणको युरिया मल बरामद



पाल्पा । पाल्पा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । नवलपरासीबाट पाल्पा तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सो अवैध मल बरामद गरेको हो ।

आज बिहान ८ बजेको समयमा नवलपरासीबाट पाल्पाको रामपुर तर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रक चेकजाँचका क्रममा बिना बिलबिजकको ३७२ बोरा युरिया मल बरामद भएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाल्पा रम्भा गाउँपालिका १ हुँगी स्थित कालिगण्डकी करिडोर सडक खण्डमा प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरी टोलीले नवलपरासीबाट रामपुर पाल्पा तर्फ जाँदै सो ट्रक चेकजाँच गर्ने क्रममा ट्रकभित्र भारतिय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल ३७२ बोरा फेला परेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताए । बरामद मलको बिलबिजक नभएको र अन्दाजी मुल्य २ लाख ९७ हजार ६०० रहेको उनले बताए ।

मलको मुल्य अनुमान गरेको प्रहरीले भन्सार छलेर भित्राउने र पाल्पा ढुवानी गर्ने ब्यक्तिको नाम भने खुलाएको छैन । भन्सार छल्नेको विषयमा अनुसन्धान गर्ने काम भन्सारकै भएकाले बिल नदेखाएपछि भन्सार पठाईएको डीएसपी थापाले बताए ।

ट्रक र ट्रक चालक सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी भन्सार कार्यालयतर्फ पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ११ : ४६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा