६ पुस २०८२, आइतबार | December 21, 2025

सिपले आत्मनिर्भर मात्रै हैन, हिँसा हुनबाट पनि बचाउछ : उपप्रमुख चौधरी



तिलोत्तमा । आफुमा सिप र स्वरोजगार भए घरमा अनि समाजमा मात्र हैन देशमै अपमानित हुन नपर्ने तिलोत्तमा नगरपालिकाकि उपप्रमुख जागेश्वरदेवी चौधरीले बताएकी छिन ।

तिलोत्तमाको एक सिपयुक्त फेशन डिजाइनर तालिमको समापन कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले नारीहरुको ससक्तिकरण र समाज बिकासको लागि आत्मनिर्भरतामा जोड दिनुपर्ने बताएकी हुन ।

तिलोत्तमा नगरपालिकाको आयोजनामा उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत ३ महिने ३९० घण्टा (६५ कार्य दिन ) फेशन डिजाइनर तालिमको समापन भएको छ । आधार ट्रेनिङ्ग सेन्टर र ए फोर ट्रेनिङ्ग सेन्टरको व्यवस्थापनमा तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास गर्ने महिला तथा किशोरीहरुका लागि सो फेशन डिजाइनर तालिम दिइएको थियो ।

सो कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि तिलोत्तमा नगर कार्यपालिका सदस्य राधा शाहीले जीविकोपार्जन हुने गरि सिप सिकेर व्यवसाय शुरु गर्नुपर्ने बताइन । उनले सिप सिकेपछि सिपको उजागर गर्दै सहज जीवन बिताउन व्यवसायीकरण गरि आत्मनिर्भर बन्नु पर्नेमा जोड दिइन । त्यस्तै कार्यक्रमका अतिथि वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले महिलाहरुको हक अधिकार संगै सिप र रोजगारलाई समेत नगरपालिकाले स्थान दिइरहेकोले सीपलाई सदुपयोग गर्न आग्रह गरिन । बिहानी र दिवा कक्षा गरि २ शिफ़्टमा संचालित तालिममा ६० जना किशोरी तथा महिलाको उपस्थिति रहेको थियो ।

व्यवस्थापकीय संस्थाका कार्यबाहक संस्था प्रमुख अनिल केसीको अध्यक्षतामा सम्पन्न सो तालिममा सहभागीहरुलाई सानो लेखानी समाजका बलबहादुर श्रीस, प्रशिक्षकहरु मिना थापा क्षेत्री, नर्मदा पचभैया, रिया शाह ठकुरी, आरती लिम्बुले उज्जवल भविष्यको कामना गरेका थिए । सहभागीहरुले आफैले बनाएका पहिरन र फेशनमा आएका कपडाका सिलाई सामग्री तथा प्रशिक्षणको क्रममा तयार पारेका उत्पादनहरुको प्रदर्शनी गरेका थिए । सो पहिरनका बारेमा नगरपालिकाकी उपप्रमुख चौधरीले समेत प्रशंशा गरेकी थिइन । सो तालिम समापन कार्यक्रमको संचालन सुनिता पाठकले गरेकी थिइन ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ७ : ५९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ