१७ श्रावण २०८३, आइतबार | August 3, 2026

लुम्बिनी वाणिज्य क्याम्पसको प्रमुखमा पुनः डा. उपाध्याय नियुक्त



बुटवल । बुटवल देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस प्रमुखमा पुनः प्रा. डा. ताराप्रसाद उपाध्याय नियुक्त भएका छन । आइतबार बसेको क्याम्पस सञ्चालक समितीको बैठकले क्याम्पस प्रमुखमा पुनः उपाध्यायलाई नियुक्त गरेको हो । उपाध्याय पहिलो ५ वर्षको कार्यकाल सक्याएर दोस्रो कार्यकालको लागि नियुक्त भएका हुन ।

सोही क्याम्पसमा २०५४ सालदेखि अध्यापन गराउदै आएका क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. उपाध्यायलाई २०७५ साल असार १ गतेदेखि लागु हुने गरी क्याम्पस सञ्चालक समितिको बैठकले पहिलोपटक क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

उनको अधिकांश कार्यकाल कोरोना कहरका बिच बितेतापनि उक्त समयमा क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरण गर्ने क्याम्पसको दीर्घकालिन सोचले थप गति पाएको थियो भने त्रि.वि.को प्राज्ञिक स्वायत्तता अन्तर्गत ४ वटा स्वायत्त कार्यक्रमहरु थप भई सञ्चालनमा समेत आएका थिए ।

दोस्रो कार्यकालको लागि क्याम्पस प्रमुखमा नियुक्त भएसंगै डा. उपाध्यायले क्याम्पस सञ्चालक समितिप्रति आभार व्यक्त गर्दै क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैको सहयोगमा क्याम्पसले देखेको सपना पूरा गर्न निस्वार्थ रुपले निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गरे ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको गजेडामा जन्मिएर भारतमा अध्ययन गरेका क्याम्पस प्रमुख डा. उपाध्यायले भारतकै नर्थइष्ट हिल युनिर्भसिटीमा प्रारम्भमा ३ बर्ष अध्यापन गराएका थिए भने उनी गुहाटी विश्वविद्यालको स्नातकोत्तर तहमा गोल्ड मेडलिस्ट समेत हुन । डा. उपाध्यायले लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यापन गराउदै गर्दा भारतको बनारस विश्वविद्यालयबाट नेपालमा वाणिज्य बंैकहरुमा सुशासनको अभ्यास बिषयमा विद्यावारिधि र त्रिभुवन विश्वविद्यालयबाट एलएलबी समेत गरेका छन ।

लेखनमा समेत निकै रुचि राख्ने उनका लेखा तथा लेखापरीक्षण सम्बन्धी १७ वटा पुस्तक प्रकाशित भएका छन् भने २६ बढी अनुसन्धानमुलक लेखहरु नेपाल र विभिन्न देशहरुबाट प्रकाशन हुने जर्नलहरुमा समेत प्रकाशित भएका छन ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ११ : २३ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले