३ पुस २०८२, बिहिबार | December 18, 2025

सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री राई



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले माध्यमिक शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढाएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री राईले त्रिभुवन विश्वविद्यालयभित्र हुने दलीय राजनीतिक गतिविधिले सुरक्षित वातावरणमा पढ्न पाउने अधिकारबाट विद्यार्थी वञ्चित हुनुपरेकाले विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढे्को बताए ।

उनले सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार शिक्षामा आवश्यक बजेट विनियोजन नभएको गुनासो गर्दै नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको उचित व्यवस्थापन गर्ने उल्लेख भए पनि बजेटले सम्बोधन गर्न नसक्नु दुःखद् भएको बताए ।

बैठकमा समितिका सांसदहरुले विद्यालय कर्मचारीको आन्दोलनको सम्बोधन हुनुपर्ने, विश्वविद्यालयमा सुरक्षित पढ्न पाउने वातावरणको सिर्जना गर्नुपर्ने, सङ्घीय शिक्षा ऐन तत्काल ल्याइनुपर्नेलगायत विषयमा प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  २ : ५५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका