२४ मंसिर २०८२, बुधबार | December 10, 2025

हुम्लामा सुनौला हजार दिनमा आमालाई उन्नत जातका कुखुरा



हुम्ला । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमा र गर्भवतीलाई उन्नत जातका कुखुरा वितरण गरेको छ ।

गाउँपालिकाभरिका आमाको पोषण स्वास्थ्य सुधार गर्न उन्नत जातका कुखुरा, विभिन्न प्रकारका तरकारीका बीउबिजन पनि वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए ।

गाउँपालिकामा सुनौला हजार दिनका एक सय १० आमालाई प्रतिव्यक्ति एक कुखुराका दरले उन्नत जातका कुखुरा वितरण गरिएको शाखा प्रमुख ढकालले बताए । उनले भने, “सुनौला हजार दिनका आमालाई सहयोग मिलोस् भनेर हामीले कुखुरा वितरण गर्न सुरु गरेका छौँ, आमालाई राम्रै सहयोग हुनेछ ।”

गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत पाँच वडाका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गरिन थालिएको हो । सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा सुधार गर्ने उद्देश्यले उन्नत जातका कुखुरा वितरण गरिएको जनाइएको छ ।

गाउँपालिकामा भएका सुनौला हजार दिनका आमालाई कुखुराको अण्डा उत्पादन गरी स्वास्थ्य सुधार र कुपोषणको दर न्यूनीकरण हुने विश्वासले कुखुरा वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । त्यस्तै गाउँपालिकाले कृषिअन्तर्गत सुनौला हजार दिनका आमालाई मौसमी तरकारी वितरण र सरसफाइसम्बन्धी जानकारी गराइएको हो ।

आमाको आयस्तर बढाउन र कुपोषणदर घटाउन गाउँपालिकाले विभिन्न काम गर्दै आउनुका साथै यो यस्ता खाले अभियान सफल हँुदै आएको अध्यक्ष जैसीले बताए । गाउँपालिकामा भएका सुनौला हजार दिनका आमाले कुखुरा पाउन थालेपछि अहिले आमा बनेका महिला निकै खुसी हुन थालेका छन् । अन्य बस्तुभाउभन्दा कुखुरा पाल्न र हुर्काउन सजिलो हुने भएकाले कुखुरा पाएपछि स्थानीय खुसी भएको उनको भनाइ छ ।

सुनौला हजार दिनका आमाका घरैमा पुगेर उक्त उन्नत जातका कुखुरा र तरकारीको बीउ वितरण गरिएको हो । सधैँभरि पोषण दिएर पुग्दैन, आफ्नो घरमै बनाएर खाने बानीको विकास होस् भन्नका लागि पनि वितरण गरिएको उनी बताउँछन् । सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले यो कार्यक्रम प्रभावकारी बनेको जनाइएको छ । यस्ताखाले कार्यक्रमका लागि गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने अध्यक्ष जैसीको भनाइ छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ३ : ३३ बजे

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो

वीरगञ्ज । भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने