१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

प्यूठान कार दुर्घटना : ७ जनाको सनाखत (नामसहित)



दाङ । प्यूठानको  भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा भएको दुर्घटनाबाट मृत्यु भएको ८ जना मध्य ७ जनाको सनाखत भएको छ ।

आज मध्यान्ह सो दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू भएको थियो । सनाखत भएका मृतकहरुमा तुल्सीपुर १५ कोठरीका ३५ वर्षिया सरिता शर्मा पोख्रेल, पोख्रेलका १४ वर्षिय छोरा विशाल पोख्रेल र अर्का ९ वर्षिय छोरा विकाश पोख्रेल, लमही ७ गढवा ४० वर्षिय गोविन्द शाह र उनकि श्रीमती ३० वर्षिया राधा नेपाली तथा र उनीहरुका ९ वर्षिय छोरा आदित्य शाह रहेका छन् । कार चालक लमही ४९ का तारा कुमालको पनि मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीले जानकारी दिए । उनका अनुसार १ जनाको सनाखत हुन बाँकी रहेको छ ।

कार टाकुराको माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा अन्दाजी करिब ३५ मिटर तल झरेको छ । कार पूर्णरुपमा क्षतिग्रस्त भएको ईलाका प्रहरी कार्यालय भिग्रीले जनाएको छ ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने स्थानमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ६ : ५६ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति