२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमित बढे



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण उपत्यकामा बढेको पाइएको छ ।

उपत्यकामा मानिसहरु भित्रेसँगै सङ्क्रमित बढेको पाइएको हो । अहिले दैनिक उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । आइतबार ३० जना सङ्क्रमित देखिएका थिए भने सोमबार ५४ जनामा देखिएको छ ।

सोमबारदेखिएका १८० जना सङ्क्रमितमध्ये ५४ जना उपत्यकाका रहेका छन् । काठमाडौंमा २४, ललितपुर २० र भक्तपुरमा १० जनामा सङ्क्रमण देखिएको हो । तीमध्ये नेपाल वायु सेवा निगमका तीन पाइलटसहित सात जना पनि रहेका छन् । साउदी अरव, कुवेतबाट मानिस उद्धार गरेर नेपाल ल्याउँदा उनीहरुमा सङ्क्रमण सरेको हुनसक्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमित बढेसँगै परीक्षणको दायरा बढाइएको बताए । उनले सङ्क्रमित बढेसँगै उपत्यकाका समुदायमा सङ्क्रमण देखिएको हो वा होइन भन्नका लागि १० ठाउँबाट स्बाव सङ्कलन गरी परीक्षण गरिएको बताए ।

उनका अनुसार तिनकुने र ललितपुरको नख्खुका २२८ जनामा स्बाव सङ्कलन गरी पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको छैन । यस्तै सात ठाउँमा गरिएको परीक्षणका नतिजा आउन वाँकी रहेको उनले जानकारी दिए । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेले मानिसहरु उपत्यका प्रवेश गरेसँगै सङ्क्रमणको जोखिम बढेको बताए । उनले भेटिएका सङ्क्रमित एकै ठाउँका नरहेकाले विभिन्न ठाउँबाट प्रवेश गरी उपत्यका आएकामा देखिएको बताए ।

उनका अनुसार ती सङ्क्रमित व्यक्तिहरुमा विभिन्न ठाउँबाट अस्पतालमा उपचार गराउन आएका बढी रहेका छन् । ‘भेटिएका सङ्क्रमित कपन, चागुनारायण, हरिसिद्धीलगायतसँगै स्वास्थ्यकर्मीसमेत रहेका छन’, उनले भने, ‘उनीहरुको कसै न कसैसँग कन्ट्याक्ट भएको हुनसक्दछ, कहाँबाट आएका हुन भन्ने हामीले पत्ता लगाइरहेका छौँ ।’

महाशाखाले ती सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी लतिलपुरको नख्खु, एकान्तकुना, भक्तपुरका बोडेलगायत क्षेत्रका मानिसको नमूना सङ्कलन गरिएको छ । सङ्क्रमित उपत्यकामा बढ्न थालेपछि लोकल ट्रान्समिसन हो वा होइन भन्नेबारेमा समेत अध्ययन भइरहेको महाशाखा प्रमुख पाण्डेले बताए ।

अहिलेम्म नेपालमा १५ हजार ९६४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये छ हजार ८११ जना निको भई घर फर्किसकेका छन् भने ३५ जनाको सङ्क्रमणकै कारणले मृत्यु भएको छ । रासस

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ३१ बजे

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै