२१ बैशाख २०८३, सोमबार | May 4, 2026

माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरता सम्बन्धि सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको छ । बैंकले आम जनमानसमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्याब्सन संगको सहकार्यमा देशव्यापीरुपमा वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

सोमबार राजधानीको होटल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच उक्त सम्झौतामा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का तर्फबाट अध्यक्ष डिके ढुङ्गानाले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्दैशक गुरु प्रसाद पौडेलले माछापुच्छ्रे बैंक तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को सहकार्यमा सञ्चालन हुने वित्तिय एवं डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने बताए । उनले पछिल्लो समयमा ग्राहकवर्गमा चेतनाको कमी र सामान्य त्रुटिका कारण पनि ठुला ठुला वित्तिय अपराधहरु भइरहेकोले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरुले विद्यार्थी मात्र नभएर उनिहरुका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निवार्ह गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरि उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लि.का अध्यक्ष एवं गैरआवासिय संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरुको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षासंग सम्बन्धित विभिन्न जानकारीहरु समावेश गर्न सकेको खण्डमा अझ उपर्युक्त हुने बताए । उनले सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डि.के ढुङ्गानाले प्यावसनले आफ्नो शैक्षिक क्यालेण्डरमा समेत बैंकिङ्ग शिक्षालगायतका विषयहरुलाई समावेश गरेको जानकारी गराए । माछापुच्छ्रे बैंक र प्याबसनबीचको सम्झौताले बैंकिङ्ग शिक्षालाई गाउँगाउसम्म पुर्याउन र पछिल्लो समय डिजिटल कारोबार बढेसँगै बढ्दै गईरहेका डिजिटल अपराधहरुलाई न्यूनीकरण गर्न निकै ठूलो भुमिका खेल्ने उनले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले अहिले बैंकिङ्ग उद्योगको मुख्य चुनौतीको रुपमा रहेको डिजिटल अपराधलाई कम गर्नका लागि बैंकले प्याव्सन संग सहकार्य गरेको जानकारी गराउदै उक्त सम्झौताको माध्यमबाट बैंक अझ बृहतरुपमा आमजनमानसमा सचेतना जगाउन सफल हुने दाबी गरे । उनले यस्ता सचेतनामुलक कार्यक्रमहरुलाई आगामी दिनमा पनि अझ प्रभावकारी रुपमा अगाडि बढाउदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्याब्सनसंग सम्बद्ध व्यक्तिहरु तथा बैंकका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले स्वागत मन्तव्य राखेका थिए ।

उक्त सम्झौता पश्चात प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतना मुलुक कार्यक्रमहरु देशव्यापीरुपमा सञ्चालन गर्नेछ भने प्याब्सनले आफुसग आवद्ध शैक्षिक संस्थाहरूलाई समन्वय र सहजीकरण गर्नेछ ।

 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : १३ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र