२१ भदौ २०८३, आइतबार | September 7, 2026

बझाङ सवारी दुर्घटना : प्रदेश गृहमन्त्री पत्नी सहित २ जनाको मृत्यु, गृहमन्त्री सिंहलाई कोहलपुर पठाइयो



धनगढी । सुदूरपश्चिम प्रदेशको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा भएको सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहकी पत्नी सहित २ जनाको मृत्यु भएको छ ।

डडेल्धुराबाट बझाङ चैनपुर आउँदै गरेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खस्दा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मन्त्री पत्नी अम्रिता देवी सिंह र मन्त्रीका आफन्त जया देवी सिंह रहेका छन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएका मन्त्री सिंह र सुरक्षा गार्ड दिपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर पठाइएको सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले जानकारी दिए  ।

चालक धर्मराज जोशीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ४ : ३९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त