११ पुस २०८२, शुक्रबार | December 26, 2025

मकवानपुरमा कार दुर्घटना, एक जनाको मृत्यु



काठमाडौं । मकवानपुरमा आज दिउँसो कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका-८ गंगटेस्थित कान्ति लोकपथमा भएको दुर्घटनामा हेटौँडा-३ बसामाडीका ३० वर्षीय विवेक लामाको मृत्यु भएको हो ।

बी.ए.सी ०५३७ नम्बरको कार अनियन्त्रित भएर सडकदेखि अन्दाजी तीन सय मिटर तल खोँचमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

लामाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा भीमफेदी गाउँपालिका–५ बस्ने ४५ वर्षका राजकुमार बल घाइते भएका छन् । उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : ५८ बजे

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली सेनाका

प्रधानमन्त्री कार्कीद्वारा तीन दलका शीर्ष नेताको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल