२० मंसिर २०८२, शनिबार | December 6, 2025

सङ्खुवासभाका बाढीपहिरो विस्थापितलाई राहत



सङ्खुवासभा । सङ्खुवासभामा बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई रातह वितरण गरिएको छ । बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट विस्थापितलाई राहत वितरण गरेको हो । बाढी पहिरोमा परी विस्थापित भएका १६ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत विमल पौडेलले जानकारी दिए ।

परिवारका सदस्य पाँच जनाभन्दा कम भएको विस्थापित परिवारलाई रु १५ हजार र पाँच जनाभन्दा बढी भएकालाई रु २० हजार वितरण गरिएको छ । प्रशासकीय अधिकृत पौडेलका अनुसार पाँचखपन नगरपालिकामा चार परिवारलाई रु ७० हजार, चैनपुर नगरपालिका नगरपालिकामा नौ परिवारलाई रु एक लाख ४० हजार तथा सभापोखरी गाउँपालिकामा दुई परिवारलाई रु ३० हजार वितरण गरिएको छ ।

विस्थापित भएका अन्यलाई पनि चाँडै राहत वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । गत शनिरबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन् । बाढी पहिरोबाट २० जनामध्ये १६ जना सुपर हेँवाखोला हाइड्रोपावरका, अपर हेँवाखोला जलविद्युत् आयोजनाका एक जना, अमर कन्ट्रक्सनका एक जना र सभापोखरी गाउँपालिकामा दुई जना बेपत्ता भएका छन् । बाढी पहिरोका कारण जिल्लाका आठ हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीले दुई वटा पक्की पुल बगाएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : २५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति