१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

निरन्जन कसजू, माइलाको ‘ए ढाक्रे दाई’ साउन ५ गतेबाट प्रदर्शन



काठमाडौं । करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको फिल्म ‘ए ढाक्रे दाई’ आगामी साउन ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

फिल्मका निर्देशक निरन्जन कसजू (माइला) हुन् । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक विषयमा फिल्म निर्माण गरेको बताए ।

‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिँडेर ढाक्रेहरु बटौली बजार आउँथे र जडिबुटी, घिउ, भटमासहरु बेचेर नून,तेल,लत्ता कपडालगायतका अत्यावश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजूले भने, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुख,कष्टको जीवन भोगाइलाई फिल्ममा प्रस्तुत गरेको छु ।’ उनले अहिलेको पुस्तामाझ तत्कालीन ऐतिहासिक ग्रामीण जीवनलाई देखाउन चाहेको खुलाए ।

फिल्ममा धु्रव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतले अभिनय गरेका छन् । सुमन थापा र विनोद चौधरीको छायांकन रहेको फिल्ममा सुरेश सेन्चुरीको संगीत, एनकेएम र तेजप्रसाद पाण्डेको शब्द, लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ । युनिक मुभीजको प्रस्तुतिमा राजन कसजू सह-निर्माता रहेको फिल्मको सम्पादन बिजय पोखरेल र विनोद चौधरीले गरेका हुन् ।

फिल्मको वितरण आरआर फिल्म प्रोडक्सनले गर्दैछ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : १४ बजे

मनसुनी विपद् : खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौँ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन माग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला