५ श्रावण २०८३, मंगलबार | July 21, 2026

एनआईसी एशियाको नयाँ अफर : असार मसान्तसम्मको साँवा व्याज तिरे साउनबाट ९.९९ प्रतिशतको सुविधा कायमै रहने



काठमाडौं । असार मसान्तसम्मको साँवा तथा ब्याजको बक्यौता चुक्ता गरे साउनदेखिको व्याजदरलाई घटाएर ९ दशमलव ९९ प्रतिशतमा झार्ने सुविधालाई उपभोग गर्न आफ्ना ऋणीहरुलाई एनआईसी एशिया बैंक आग्रह गरेको छ ।

बैंकले मंगलबार एक विज्ञप्ती जारी गर्दै आठ दिनमात्र बाँकी रहेको योजनामा सहभागी हुन सबै बैंक ऋणीहरूलाई आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंकद्वारा गत बैशाख १६ गते कोभिड १९ ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्मको कायम ब्याजदर २ प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न निर्देशन दिएको थियो ।

एनआईसी एशियाले यही योजनाअनुसार असारसम्मको ऋण र साँवा भुक्तानी गर्ने ग्राहहरुलाई साउनदेखि पनि सुविधा दिने निर्णय गरेको थियो ।

बैंकले विज्ञप्तीमा भनेको छ, ‘कोरोना भाइरसको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले प्रयास जारी राखिएको छ ।’

ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा बैंकले सबै ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । सो १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहकको खातामा जम्मा समेत गरिएको बैंकले जनाएको छ ।

ग्राहकको गुनासो र जिज्ञासाको समयमै समाधान गर्न बैंकले ‘कर्जा सहायता केन्द्र’ को एकद्वार प्रणाली पनि व्यवस्था गरेको छ ।

एनआईसी एशिया बैंकले आफ्नो यो योजनालाई नेपालको बैंकिङ्ग इतिहासमै दुर्लभ रुपमा उपलब्ध हुने योजना भएको दाबी गरेको छ ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । बैंकका २१ लाख भन्दा बढी ग्राहक रहेका छन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ७ : ३३ बजे

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा