१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बैतडीको झुलाघाट नाका तीन दिनका लागि खुल्ने



बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि खुल्ने भएको छ ।

दुवै देशका स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमति नाका खुल्न लागेको हो ।

सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको हो । बुधबार बिहान ९ बजेदेखि नाका खुला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

पेन्सन बुझ्ने नागरिकलाई दैनिक एक सय जनालाई मात्रै नाकाबाट भारत पस्न दिइनेछ । त्यसका लागि ज्येष्ठताका आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको छ । यस्तै नाकाबाट फर्कने नागरिकलाई सामान्य चेकजाँच गरेर स्वदेश फर्काइनेछ । सीमा नाकामा दुई सय जति नागरिक रहेको अनुमान गरिएको छ ।

सरकारले झुलाघाट नाकालाई स्वदेश भित्रिनका लागि आधिकारिक नाका तोकेको भए पनि भारतले सहमत नहुँदा गत महिनादेखि खुल्न सकेको थिएन । लामो प्रयासपछि मात्र झुलाघाट नाका खोल्न भारत सहमत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

तीन महिनादेखि सीमा नाका बन्द हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको थियो । भारतीय सेनाबाट सेवानिवृत्त भएका, अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको थियो । भारतीय पेन्सनधारीको पेन्सनबापतको पैसा भारतीय बैंकमै आउने गर्दछन् ।

जारी लकडाउनका कारण सीमा नाका बन्द भएपछि गएको तीन महिनायता पेन्सन नपाएको हुन् । बैतडीबाट मात्रै करीब दुई हजारभन्दा बढी नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन् । रासस

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : १९ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल