३१ असार २०८३, बुधबार | July 15, 2026

खजुराको किरणनालामा ट्रस पुल, आवतजावतमा सहज



सांकेतिक तस्विर

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं ४ स्थित किरणनालामा ट्रस पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ ।

खजुराबजारबाट सिर्जना टोल र डिगाउँ जाने मुख्य सडकमा जीर्णावस्थामा रहेको काठको पुललाई हटाएर २२ मिटर लम्बाइ र २ मिटर ३० सेन्टिमिटर चौडाइ रहेको फलामे ट्रस पुल १६ लाखमा निर्माण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/०७७ मा वडा कार्यालयले उक्त पुलका लागि बजेट विनियोजन गरेको थियो । पुल निर्माण भएपछि सिर्जना टोल र डिगाउँसँगै जानकी गाउँपालिकाको बेलनियासँग जोडिएका केही टोल र गाउँका बासिन्दालाई आवतजावत गर्न र हल्का सवारी साधन चलाउन सहज भएको वडाध्यक्ष तिलकवीर सुनारले बताए ।

सुनारका अनुसार पुल निर्माण भएपछि त्यस क्षेत्रका करीब दुई हजार पाँच सय जनसङ्ख्या लाभान्वित हुने भएको छ ।

जोखिमपूर्ण अवस्थामा रहेको काठको पुल जुनसुकै बेला पनि भत्किने अवस्थामा पुगेको थियो । वर्षौंँ काठको जीर्ण पुलबाट जोखिम यात्रा गर्दै आइरहेका बेलनियाबासीका लागि सो पुल वरदान बनेको त्यहाँका स्थानीय अगुवाको प्रतिक्रिया छ ।

स्थानीयवासी चन्द्रकेशर विकको संयोजकत्वमा ट्रस पुल निर्माण उपभोक्ता समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १२ : ०० बजे

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र

सुनचाँदीको मूल्यमा फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना