२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला भलिबल



पोखरा । म्याग्दीले गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको प्रतियोगिताको आज भएको फाइनलमा पर्वतलाई ३(२ सेटले पछि गर्दै म्याग्दी च्याम्पियन बनेको हो । उपाधि विजेता म्याग्दीले ट्रफीसहित रु एक लाख पुरस्कार प्राप्त गर्दा उपविजेता पर्वतले रु ७० हजार पुरस्कार प्राप्त गरेको छ ।

म्याग्दीले पर्वतलाई पहिलो, चौथो र पाँचौँ सेटमा क्रमश स् २५-१६, २५-१७ र १५-११ को अन्तरले पराजित गरेको हो । दोस्रो र तेस्रो सेटमा पर्वतसँग म्याग्दी २५-२१ र २५-१७ को अन्तरले पराजित भएको थियो ।

पर्वतकी पूजा ठकुरीले उत्कृष्ट खेलाडीको उपाधि पाइन् । म्याग्दीका टिम क्याप्टेन पवित्रा सिर्पालीले बेष्ट स्पाइक र रेविना घर्तिले वेष्ट सेटरको उपाधि जितिन् ।

यही असार १४ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाको सहभागिता थियो । प्रतियोगिताले गण्डकी प्रदेशमा महिला खेलाडी उत्पादनमा जोड दिने लक्ष्य राखिएको छ ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली (सुविन) लगायतले पुरस्कार वितरण गरेका थिए ।

पछिल्लो समय म्याग्दीका खेलाडीहरुले प्रदेश र राष्ट्रियस्तरको प्रतियोगितामा प्राप्त गरेको सफलताले जिल्लाका खेलप्रेमीहरु उत्साहित भएको भौतिक पूर्वाधारमन्त्री जुग्जालीले बताए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १० : ०७ बजे

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

फ्रान्स । स्वागत समारोहका लागि भव्य थ्रि-मास्ट जहाजमा आइपुगेको एक

उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

काठमाडौं । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता