३० बैशाख २०८१, आइतबार | May 12, 2024

आज श्री एअरलाइन्सका सबै उडान स्थगित



काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् ।

श्री एअरलाइन्स प्रालिले आज आइतबारका लागि पुर्व निर्धारित सबै उडानहरु स्थगित गरेर विमान परिक्षण गर्ने भएको हो ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिबार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ । उनका अनुसार श्री एअरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।

सोमबार देखी भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन्  ।

शनिवार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जसकारण धनगढी उडेको सो बिमान पुनः काठमाडौं नै फिर्ता गरी अबतरण गराईएको थियो ।

सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एअरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ८ : २१ बजे

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक हुनुहुन्छ- कांग्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको

भरतपुरमा अज्ञात समूहले स्कुल बसमा आगजनी

चितवन ।  चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल

तिलोत्तमाको शंकनगरचोकमा स्कुटर ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ शंकरनगरचोकमा दुई स्कुटी एक

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन