१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

सिंहदरबारभित्र वाणिज्य बैंकको सेवाप्रवाह लोकप्रिय बन्दै



काठमाडौं । सरकारको केन्द्रीय सचिवालय सिंहदरबारभित्र राष्ट्रिय वाणिज्य बैंकले सुरु गरेको सेवा प्रवाह लोकप्रिय बनेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामार्फत हाल मन्त्रीहरु, सांसदहरु, सरकारी कर्मचारी लगायतको सरकारी बैंकिङ कारोबार हुने गरेको छ ।

बैंकले निःशुल्क मोवाइल बैंकिङ, एटीएम कार्ड, तलबी खातामा उच्चतम व्याजदर, इन्टरनेट बैंकिङ सुविधा, डिम्याट खाताको सुविधा प्रदान गरेको छ । यसैगरी, जिरो मौज्जादमा तलबी खाता खोल्न सकिने सुविधा पनि बैंकको सिंहदरबार शाखाले दिएको छ ।

यस्तै, १५ लाखसम्मको विना धितो कर्जाको सुविधा दिएर सरकारी कर्मचारीलाई राहत पुर्याएको छ । यस्तै, बैंकको मुद्दती खातामा ८ दशमलव ७५ प्रतिशतसम्मको व्याजदर प्राप्त गर्न सकिने सुविधा पनि रहेको बैंकका सिंहदरबार शाखा प्रमुख रोविन घिमिरेले बताए । बैंकको बेसरेट ६ दशमलव २५ प्रतिशत रहेको र वचत खातामा ५ दशमलव ५ प्रतिशत व्याजदरको सुविधा दिएको पनि घिमिरेले जानकारी दिए ।

सरकारको केन्द्रीय सचिवालयभित्र सरकारी बैंक चाहिने भन्दै सांसदहरु र कर्मचारीबाट माग भएपछि राष्ट्रिय वाणिज्य बैंकले सिंहदबारभित्र शाखा खोलेको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : १८ बजे

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज