९ चैत्र २०८२, सोमबार | March 23, 2026

अनेरास्ववियु रुपन्देहीद्वारा राष्ट्रपति पौडेललाई एक रुपैयाँ सहयोग अभियान सुरु



बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलकोे उपचार बापतको खर्च सरकारले व्यहोर्ने निर्णय गरे संगै अनेरास्ववियु रुपन्देहीले राष्ट्रपति पौडेललाई एक रुपैयाँ सहयोग अभियान सुरु गरेको छ ।

उपचारका क्रममा भारतमा जाँदा आफ्नो खर्च आफैले व्यहोर्ने बताएका पौडेलले हाल सरकारबाट उपचार खर्च लिने निर्णय गरेपछि अनेरास्ववियु रुपन्देहीले एक रुपैयाँ सहयोग अभियान सुरु गरेको हो ।

अनेरास्ववियु स्थायी कमिटी लेखनाथ खनालले राज्यले एउटा व्यक्तिलाई लाखौ रुपैया उपचारका नाममा दिनु गलत भएको भन्दै त्यसको विरोध स्वरुप एक रुपैयाँ अभियान सुरु गरेको बताए । उनले आम नागरिकले अहिले पनि आधारभुत स्वास्थ्य सुविधा नपाएको अवस्थामा राष्ट्रपती पौडेलले ५५ लाख रुपैयाँ लिनु राज्यको दोहन भएको टिप्पणी गरे ।

एक रुपैयाँ अभियानमा अनेरास्ववियुका सरोज पोखरेल, बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य साजन भण्डारी, शेषकान्त पोखरेल, कृष्ण बस्याल, केन्द्रीय लेखा आयोग सदस्य दिपक चापागाई, रुपन्देही जिल्ला संयोजक रमेश ढकाल, जिल्ला नेता भरत अर्याल लगायतले बोल्दै राष्ट्रपतिलाई दिने भनिएको उपचार खर्च बापतको निर्णय तत्काल सरकारले फिर्ता गर्न आग्रह गरे । बुटवलको मिलनचोकबाट सुरु गरेको अभियानमा ७ सय ३१ रुपैयाँ संकलन भएको जिल्ला संयोजक रमेश ढकालले जानकारी दिए ।

राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले लेखेको पत्रमा उल्लेख छ ।

यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पौडेलका तर्फबाट कार्यालयले वक्तव्य जारी गर्दै आलोचना मत्थर गरेको थियो । अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : ५६ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत