६ श्रावण २०८३, बुधबार | July 23, 2026

एसईईको नतिजा टेलिकममा फोन र एसमएस गरेर हेर्न सकिने, यसरी हेर्नुस् मार्कसिटसहित



काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको नतिजा आईभीआर (IVR), एसएमएस (SMS) तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरेको हो ।

नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ । १६०० मा डायल गर्दा प्रति कल करबाहेक जम्मा रु. २ मात्र महशुल लाग्नेछ । दुई मिनेटको समयावधिलाई एक कल मानिनेछ ।

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर / (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ । १६०० मा सन्देश पठाउँदा पनि प्रति सन्देश करबाहेक जम्मा रु. २ मात्र महशुल लाग्नेछ ।

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ४ : ४६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क