४ पुस २०८२, शुक्रबार | December 19, 2025

ओखलढुंगामा ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु



ओखलढुंगा । निमार्ण सामाग्री बोकेको ट्रक ओखलढुंगामा दुर्घटना हुदाँ चालकको घटना स्थलमै मृत्यु भएको छ ।

बिहिबार बिहान सिद्धिचरण नगरपालिका ८ सेतिदेबी भन्ने स्थानमा ट्रक दुर्घटना हुदाँ सवारी चालक दोलखाको जिरी नगरपालिका ४ का अन्दाजी २५ बर्षिय नबराज कार्कीको घट्ना स्थलमै मृत्यु भएको हो ।

काठमाण्डौबाट अपर सोलुखोला बेनी हाईड्रो कम्पनीको तारजाली तथा रड बोकेर सोलुखुम्बुतर्फ जादै गरेको बा ३ ख ९६ नम्बरको ट्रक सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटनामा परेको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।

ट्रकमा चालक मात्र सवार रहेको बस्नेतको भनाई छ । बिहानको समयमा हुस्सु तथा कुहिरो लागेको र चालक रातभर अनिदो भएका कारणले समेत दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ८ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको