४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाली कांग्रेसबाट महासमिति सदस्य महेन्द्र मल्ल निष्कासित



नेपालगन्ज । पार्टी बिरोधी गतिबिधिमा संलग्न भएको भन्दै नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बांकेका एकजना महासमिति सदस्यलाई पार्टीबाट निष्काशन गरेको छ । नेपाली काँग्रेसले महासमिति सदस्य बाँकेका नेता महेन्द्र मल्ललाई पार्टीबाट निष्कासन गरेको हो ।

बुधबार बसेको काँग्रेस अनुशासन समिति बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै मल्ललाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

बाँकेका नेपाली कांग्रेस पार्टी सभापति किरण कोइरालामाथि गत वर्ष भदौमा खुजुरा गाँउपालिका क्षेत्रमा भएको आक्रमणमा सत्तारूढ दल नेकपाका कार्यकर्ताको संलग्नता नरहेको अभिव्यक्ति मल्लले दिएपछि उनीविरूद्ध अनुशासन समितिमा उजुरी परेको थियो ।
काँग्रेस बाँकेको संगठन विभाग प्रमुख रहेका मल्लले गत वर्ष नै उक्त जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

काँग्रेस जागरण अभियानका क्रममा खजुरा गाउँपालिका–२ मा झडप हुँदा सभापति कोइरालाको हात भाँचिएको थियो । उक्त घटनामा मल्लले पार्टी सभापति तथा पार्टीको हित विपरित अभिव्यक्ति दिएको काँग्रेसले आरोप लगाएको छ ।

झडपमा कांग्रेसले सत्तारुढ नेकपाको खजुरा गाँउपालिकाका एकजना वडा अध्यक्षको नेतृत्वमा कार्यकर्ताले कार्यक्रमस्थलमा आक्रमण गरेको आरोप लगाएको थियो । बाँके मै नरहेका वडा अध्यक्षलाई मुछेको भन्दै नेकपाले आरोपको खण्डन गरेको थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ९ : ०३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज