२४ श्रावण २०८३, आइतबार | August 9, 2026

नेपाली कांग्रेसबाट महासमिति सदस्य महेन्द्र मल्ल निष्कासित



नेपालगन्ज । पार्टी बिरोधी गतिबिधिमा संलग्न भएको भन्दै नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बांकेका एकजना महासमिति सदस्यलाई पार्टीबाट निष्काशन गरेको छ । नेपाली काँग्रेसले महासमिति सदस्य बाँकेका नेता महेन्द्र मल्ललाई पार्टीबाट निष्कासन गरेको हो ।

बुधबार बसेको काँग्रेस अनुशासन समिति बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै मल्ललाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

बाँकेका नेपाली कांग्रेस पार्टी सभापति किरण कोइरालामाथि गत वर्ष भदौमा खुजुरा गाँउपालिका क्षेत्रमा भएको आक्रमणमा सत्तारूढ दल नेकपाका कार्यकर्ताको संलग्नता नरहेको अभिव्यक्ति मल्लले दिएपछि उनीविरूद्ध अनुशासन समितिमा उजुरी परेको थियो ।
काँग्रेस बाँकेको संगठन विभाग प्रमुख रहेका मल्लले गत वर्ष नै उक्त जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

काँग्रेस जागरण अभियानका क्रममा खजुरा गाउँपालिका–२ मा झडप हुँदा सभापति कोइरालाको हात भाँचिएको थियो । उक्त घटनामा मल्लले पार्टी सभापति तथा पार्टीको हित विपरित अभिव्यक्ति दिएको काँग्रेसले आरोप लगाएको छ ।

झडपमा कांग्रेसले सत्तारुढ नेकपाको खजुरा गाँउपालिकाका एकजना वडा अध्यक्षको नेतृत्वमा कार्यकर्ताले कार्यक्रमस्थलमा आक्रमण गरेको आरोप लगाएको थियो । बाँके मै नरहेका वडा अध्यक्षलाई मुछेको भन्दै नेकपाले आरोपको खण्डन गरेको थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ९ : ०३ बजे

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ गते

काठमाडौं । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौं । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।