२४ श्रावण २०८३, आइतबार | August 9, 2026

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना गर्ने घोषणा गरेको छ ।

क्यानका सचिव पारस खड्काले शनिबार साँझ जारी गरेको विज्ञप्तिमार्फत एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक गरेका हुन् । यसअनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ ।

यसअघिका दुई संस्करण तिहारपछि मङ्सिर महिनामा आयोजना हुँदै आएकोमा यसपटक क्यानले दशैँ र तिहारको बीचको समयलाई प्रतियोगिताका लागि छनोट गरेको हो ।

प्रतियोगिताको विस्तृत खेल तालिका भने सार्वजनिक हुन बाँकी छ । क्यान स्रोतका अनुसार तिहारका दुई दिनबाहेक अन्य दिनमा नियमित रूपमा खेल सञ्चालन गर्ने तयारी भइरहेको छ ।

एनपीएलका लागि खेलाडी छनोटको लिलामी प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ । हाल सहभागी टोलीहरू विदेशी खेलाडी अनुबन्ध गर्ने तयारीमा जुटेका छन् ।

नेपालको घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको एनपीएलको तेस्रो संस्करणमा पनि विभिन्न आठ टोलीको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ७ : ३५ बजे

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

झापा । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको

हुलाकबाट एक करोड राजस्व सङ्कलन

चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु