२० मंसिर २०८२, शनिबार | December 6, 2025

सरिता गिरी प्रकरण : मानवअधिकार आयोग सदस्य मोहना अन्सारीको टिप्णीमाथि अध्यक्ष शर्माको आपत्ति



काठमाडौं । समाजवादी पार्टीका पूर्वसांसद सरिता गिरीमाथिको कारवाहीबारे राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले गरेको टिप्पणीलाई आयोगले अस्वीकार गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले बिहीबार विज्ञप्ती गरी गर्दै आयोग सदस्य अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् । शर्माले भ्रम सिर्जना हुनेगरी नबोल्न अन्सारीलाई सचेत पनि गराएका छन् ।

संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेद्जनक’ तथा ‘कथित् छानविन प्रतिवेदन’ भनेको प्रति आयोगले खेद प्रकट गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ । यस आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।’

अन्सारीले गत असार २३ गते सामाजिक सन्जाल ट्वीटरमार्फट सांसद सरिता गिरीलाई कारवाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ४ : ३२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय