१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

ग्यापु मार्केट प्लेसद्वारा जी-बार (G-Bar)- Yes “The पार्टी संसार”- सुरु, एक घण्टामा घरमै डेलिभरी



काठमाडौं । लकडाउन सँगै सन्चालनमा आएको नेपाली ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेस (gyapu.com)ले जी–बार सन्चालनमा ल्याएको छ।

जी–बार अन्तर्गत अल्कोहल र तयारी खाजा राती ३ बजे सम्मै पनि डेलिभरी गरिने बताइएको छ। सुरु भएको ९० दिन भित्र नै १५ हजार भन्दा बढी सामानहरु घर घरमा डेलिभरी गर्न सफल भैसकेको अवस्थामा हाल सात हजार भन्दा बढी प्रडक्ट सजिलै अनलाईनमार्फत खरिद गर्न सकिन्छ ।

हरेक दिन ५०० भन्दा बढी नयाँ नयाँ सामान हरु थप भैरहेको छ ग्यापु मार्कोट प्लसका संस्थापक ज्ञानेन्द्र खड्काले बताए । हालसम्म ३५ जना भन्दा बढी लाई रोजगार दिन सफल कम्पनीले हरेक भेन्डरको सामान आफ्नै स्टुडियोमा ४ जना डेडिकेटेड फोटोग्राफर प्रयोग गरी धमाधम प्रडक्ट शुट भैरहेको छ भने हाल सम्म लिमिटेड बिग सप्लाएर्स र डाइरेक्ट्कम्पनीहरु सँग नै सहकार्य भैरहेको संस्थाले जनाएको छ ।

यसैगरी सामान बिक्री भएको ३ देखि ५ दिन भित्रै भेन्डरलाई भुक्तानी दिने र निशुल्क सामान डेलिभरी गर्ने आकर्शक योजनाहरु पनि ग्यापुले प्रयोगमा ल्याएको छ ।

जी–बार एउटा भर्चुअल बार हो, जहाँ ग्राहकले घरमै मेनु पाउनेछन् र आफुलाई आवश्यक सामग्री ग्यापु डटकम बाट सोझै अर्डर गर्न सक्छ्न। सहजताका लागि फेसबुक पेजमा च्याट मार्फत र ९८०१८५५५४९ मा फोन वा ह्वट्सएप गरेर समेत अर्डर गर्न सकिन्छ। जी–बार अन्तर्गतका सामग्री एक घन्टा भित्र घरैमा डेलिभरी हुने संस्थापक खड्काले बताए।

लकडाउनका कारण बार तथा रेस्टुरेन्ट बन्द भएको समयमा ग्राहकहरुलाई सेवा दिन भर्चुअल बार सन्चालनमा ल्याइएको खड्काको भनाइ छ।

जी–बारको सेवा हप्तामा सातै दिन र दैनिक चौबीसै घण्टा रहने खड्काले जानकारी दिए। ग्राहकले अर्डर गरेको एक घण्टामा घरमै डेलिभरी गरिने खड्काले बताए।

असार २४ गते बुधबारबाट सुरु भएको यो जी–बारमा ओपनिङ अफर अन्तर्गत बुधबार र बिहीबार १२ सय रुपैयाँ भन्दा बढी खरिद गर्ने सबै ग्राहकलाई दुई सय रुपैयाँ बराबरको सपिङ भौचर प्रदान गरिएको खड्काले जनाए ।

ग्यापुले विभिन्न ब्राण्डका अल्कोहल, चिसो पेय, कक्टेल, मोक्टेल, हुक्का सँगै तयारी खाजामा मस्म, सुकुटी फ्राइ, बफरचिकेन चिल्ली, फ्राइड राइस, बदाम साँधेको उपलब्ध गराएकोछ । त्यस्तै लेज, कुर्कुरे, दालमोठ पनि डेलिभरी गराइने खड्काले जानकारी दिए।

ग्राहकले सामान खरिद गर्दा फोनपे , कनेक्ट आइपिएस, इ–सेवा, खल्ती, प्रभुपे, आइएमइ पेबाट भुक्तानी गर्न सक्छन् । यसैगरी डेलिभरिकै बेला डेबिट र क्रेडिट कार्ड मार्फत पिओएस मेसिनमा स्वाइप गर्ने सुबिधा समेत उपलब्ध गराइएको छ।

ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने व्यवस्था मिलाइएको छ । नेपालको तथा संसारभर कै बैंकको बैंक कार्डबाट सजिलै अनलाईन मै भुक्तानी पनि गर्न सकिन्छ भने फोन-पे इन्टिग्रेटेड सबै बैंक को मोबाइल बैंकिङमार्फत पनि सजिलै भुक्तानी गर्न सकिने ग्यापुले जनाएको छ ।

 

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ७ : ०२ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै