२९ चैत्र २०८२, आइतबार | April 12, 2026

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना कारण फर्काउनु गलत : वैदेशिक रोजगार व्यवसायी संघ



काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना कारण अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काउनु गलत भएको जनाएको छ।

संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन कार्यालयले विना कारण श्रमिकलाई बिमानस्थलबाटै फर्काउने गरेको भन्दै आपत्ती जनाएको हो।

अध्यागमनका कर्मचारीले विगत केहि दिनदेखि कानुन विपरितको गलत सूचना दिने, अनावश्यक दुःख दिई बैदेशीक रोजगारीबाट बञ्चित गराउने उद्देश्यबाट प्रेरित भइ हस्तक्षेपयुक्त कार्य गर्दै अएको संघको आरोफ छ।

यस सम्बन्धमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि असार २४ गते जोर्डन जान लागेका १५ जना कामदार, असार २७ गते कुबेत जान लागेका ११७ जना कामदारलाई बिमानस्थलबाट अनावश्यक दोषारोपणसहित जान नदिइ फर्काइएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।

उनले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिइ वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेको र यसको जानकारी हुदा हुँदै पनि कामदारलाई रोक्ने काम गरिएको उनले बताए।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ५ : ३७ बजे

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्