१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लागुऔषध कारोबारमा बालिकाको प्रयोग



काठमाडौं । लागुऔषध तस्करीमा संलग्न एक व्यक्तिले गाँजा तस्करीमा बालिकाको प्रयोग गरेको भेटिएको छ ।

एक १६ वर्षीया किशोरीको नाममा अमेरिकाबाट गाँजाको पार्सल मगाएर तस्करी गर्न लाग्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पर्सा धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह साहले किशोरीको नागरिकताको दुरुपयोग गरी उनकै नाममा अमेरिकाबाट दुई किलो गाँजा नेपालमा झिकाएको भेटिएको छ ।

किशोरीलाई गाँजा तस्करीमा प्रयोग गरेका साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । उनका अनुसार सुरुमा पार्सल आएको गाँजा लिन त्यही किशोरीलाई उनले काठमाडौँ महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्गो कम्प्लेक्समा पठाएका थिए ।

अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको दुई किलो गाँजा लिन पुगेकी किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा उनलाई साहले परिचालन गरी लागुऔषधको कारोबार गरेको खुलेपछि साहलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका साहउपर जिल्ला अदालत काठमाडौँबाट म्याद लिई लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको जोशीले बताए ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : २२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू