१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने ‘बुद्ध सादर बन्दना’ सार्वजनिक



काठमाडौं । बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने ‘बुद्ध सादर बन्दना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । हालै गायिका देविका बन्दनाले सार्वजनिक गरेको नेपाली भाषाको गीत ‘बुद्ध सादर बन्दना’ले दर्शक तथा स्रोताको मन जित्न सफल भएको दाबी गरिएको छ ।

गायिका देविका बन्दनाको स्वरको उक्त गीतमा डा।दिनबन्धु शर्मा तथा गायिका बन्दनाको शब्द सृजना रहेको छ । यसमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत रहेको छ भने राजन ईशानसंगीत संयोजक हुन् ।

गीतको म्युजिक भिडियोलाई गायिका देविका बन्दनाले नै निर्देशन गरेकी छिन् । लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी यो गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । यसका छायाँकार रामकुमार केसी हुन् भने प्रविण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहक हुन् ।

बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने यो म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उल्लेख्य वौद्ध भिक्षुहरूको उपस्थिति थियो ।

कार्यक्रममा सिएनएन हिरो तथा बागमती प्रदेशकी पूर्वप्रमुख अनुराधा कोइराला, कलाकार बसुन्धरा भुसाल, साहित्यकार उषा शेरचन, गायिका कुन्ती मोक्तान, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला, चलचित्र निर्माता रोशनी केसी तथा गायिका सुनिता दुलाललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १२ : १८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले