३१ असार २०८३, बुधबार | July 15, 2026

कास्की अपडेट : पोखराका विभिन्न ठाउँमा पहिरोमा परी ७ को जनाको मृत्यु, घाईतेको संख्या १४ पुग्यो (विवरण सहित)



पोखरा । अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदा कास्कीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पोखरा महानगरपालिकाको विभिन्न ४ ठाउँमा गएराती आएको पहिरोमा परी मृत्यु हुनेको सँख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टी गरेको छ ।

गएराति साढे २ बजे आएको पहिरोले घर पुर्दा पोखरा महानगरपालिका १८ सराङकोटको गोठादीमा स्थानीय टङ्कबहादुर थापाको घर पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । हमालका अनुसार मृत्यु हुनेहरूमा ५० वर्षीय टङ्कबहादुर थापा, उनको ४५ वर्षिया श्रीमती सोममाया थापा, ११ वर्षिया ईशीका थापा, ६ वर्षीय सुवान थापा र ८ वर्षीया शीतल श्रेष्ठ रहेका छन् ।

सोही पहिरोमा परी घाइते हुनेहरूमा टङ्कबहादुरकी २२ वर्षिया छोरी पिंकी थापा मगर, १८ वर्षिया आशा थापा मगर, पिंकीकी ५ वर्षिया छोरी पीरिशा थापा मगर, तनहुँको दमौली घर भएकी मृतक सोममायाकी बहिनी २८ वर्षिया सरस्वती श्रेष्ठ, सरस्वतीका १० वर्षीय छोरा सन्देश, टङ्कबहादुरको छिमेकी १९ वर्षीय अनिश तामाङ, १९ वर्षिया रशि थापा र सोही उमेरकै रश्मी थापा छन् ।

घाइतेहरूलाई मणिपाल शिक्षण अस्पतालमा र केहीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको डिएसपी हमालले बताए । हमालका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि लगिएकाहरुको टाउको, हातखुट्टा, छाती लगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ ।

यसैविच, पोखरा महानगरपालिका २५ हेम्जामा गएको पहिरोमा परी ७० वर्षिया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको पनि कास्की प्रहरीका प्रवक्ता डिएसपी हमालले बताए ।

उनका अनुसार पोखरा महानगरपालिका २६ स्थित पैतेकोडाँडामा आएको पहिरोमा परी अन्दाजी ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको हो । मृतक सुनारको ब्लकले बनाएको २ कोठे घरलाई पुरेको खबर पाउनासाथ राती नै प्रहरी घटनास्थलमा पुगेका बताउदै प्रहरी टोलीले स्थानीयको सहयोगमा दुर्गाबहादुरकी श्रीमती, १ छोरा र १ छोरीलाई सकुशल उद्धार गर्न सफल भएको बताए । उनका अनुसार बेपत्ता रहेका दुर्गाबहादुर भने शुक्रवार बिहान मृत भेटिएका थिए ।

त्यस्तै घरमाथिबाट पहिरो झरेपछि पोखरा महानगरपालिका १८ छोरेपाटनको सिमलटुँडामा ३ जना घाइते भएका छन् । स्थानीय चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगर सहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका हुन् । उनीहरुको नमस्ते अस्पताल पोखरामा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

त्यस्तै पोखरा महानगरपालिका १९ स्थित लामाचौर भुर्जुङखोला जोड्ने सडकखण्ड पहिरो आएका कारण सडक अवरुद्ध भएको छ । लामाचौर नजिकै बेशीचोकमा माथिबाट आएको पहिरोले सडक भत्काएपछि सवारी आवागमनमा अवरद्ध भएको स्थानिय सुजन आचार्यले बताए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १२ : ४२ बजे

प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्ष दलको बिरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले बिरोध जनाएका

लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा