२६ बैशाख २०८१, बुधबार | May 8, 2024

भारतीय महले महको बजारीकरणमा समस्या, भारतीय मह आयात बन्द गर्न माग



नेपालगन्ज । बाँकेमा किसानले उत्पादन गरेको स्थानीय महको बजारीकरणमा समस्या देखिएको छ । जिल्लामा किसानले वार्षिक २० टन मह उत्पादन गर्दै आए पनि महको बजारीकरणमा समस्या रहेको कोहलपुर–११ स्थित सञ्जीवनी मौरी फार्मका सञ्चालक लीलबहादुर रानाले बताए ।

वार्षिक ३५ देखि ४० क्विन्टलसम्म मह उत्पादन गर्दै आएका रानाले जिल्लामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजीदिन कृषि ज्ञान केन्द्रसँग अनुरोध गरेको जनाए ।

“हामीले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा उत्पादन बढाउन सकिएको छैन । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ”, उनले भने, “उत्पादित महले बजार नपाउँदा निराश हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।”

जिल्लामा रैथाने मह उत्पादन, प्रवर्द्धन र संरक्षणमा क्रियाशील अगुवा किसान पुरमल बस्नेतले मह जिल्लाको मागभन्दा बढी उत्पादन भइरहेकोले नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा जोड दिए ।

हाल बाँके जिल्लामा विभिन्न समूहमार्फत ५० किसानले वार्षिक २० टन मह उत्पादन गरिरहेको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकील अहमदले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा बाँकेमा जिल्लाको माग र आवश्यकताभन्दा पनि बढी मह उत्पादन हुन थालेपछि यहाँबाट अन्य जिल्लामा समेत मह निर्यात गर्न थालिएको छ ।

कृषि ज्ञान केन्द्रले मौरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका मौरीपालक किसानलाई अनुदान र तालिम दिई मह उत्पादनमा सहजीकरण गर्दै आएका कारण उत्पादन बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका कृषि स्रोत व्यक्ति अनिश श्रेष्ठले जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको बताए । उनले महको बजारीकरणका लागि योजना बनिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ५१ बजे

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले