२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

श्रमस्वीकृत बिनाको श्रमिक र दर्ता बिनाको फर्निचरबाट काम नगराउन उद्योग संघको आह्वान



बुटवल । भारतबाट श्रमस्वीकृती बिना घरघरमा फर्निचर तथा फर्निसिङका काम हुन थालेपछि रुपन्देही उद्योग संघले त्यस्ता कार्यलाई रोक लगाउन माग गरेको छ । बुटवल आसपास तथा रुपन्देही जिल्लाका विभिन्न बजार क्षेत्रमा बिना दर्ता घुमन्ते टोली बनाई घर तथा पसलमा पुगेर फर्निचर उद्योगहरु संचालन भइरहेको भन्दै रुपन्देही उद्योग संघले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको हो ।

कानुनी दायरा भन्दा बाहिर रही समूह समेत खडा गरी अबैधाकिरुपमा औद्योगिक गतिविधि संचालन गर्नाले नियम संगत संचालित उद्योगहरु प्रभावित बनेको उद्योग संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्ता कार्यले देशको राजस्व संकलनमा समेत प्रभाव परेको पनि विज्ञप्तीमा लेखिएको छ ।

कानून विपरित कुनै पनि औद्योगिक कार्य नगर्न र बिना दर्ताका कामदारहलाई प्रोत्साहित नगर्न समेत संघले उपभोक्ताहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष माधवप्रसाद पौडेल तथा महासचिव हरिबहादुर खत्रीले विज्ञप्ती जारी गर्दै बिना दर्ता संचालित उद्योग व्यवसायलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गराइएको छ ।

रुपन्देहीमा हरेक दिन ५०० बढी भारतीय कामदारहरु घरघरमा फर्निचरको काम गर्न आउने गरेको अनुमान गरिएको छ । त्यस्ता सूचीकृत नभएका मजदुरहरुलाई दर्ता नभएका केही फर्निचर उद्योगहरुले घर, पसल तथा काठजन्य निर्माणमा लगाउने गरेको पाईएपछि फर्निचर उद्योग संघको पहलमा रुपन्देही उद्योग संघले विज्ञप्ति प्रकाशन गरेको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : ५८ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात