२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द



चितवन । विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द गरिएको हो ।

नगर शिक्षा अधिकारी राजु बानियाले विद्यालय आउने विद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएपछि विद्यालय बन्द गरिएको जानकारी दिए । सामुदायिक विद्यालयमा परीक्षा सकिएर वर्षे बिदा भएकाले संस्थागत विद्यालय र क्याम्पसहरु बन्द गरिएको उनले बताए ।

बानियाका अनुसार अहिलेको बिदा विद्यालयले हिउँदे र बर्षे बिदाबाट कट्टा हुने गरी गरिएको मिलान गर्नुपर्नेछ । यस पालिकामा सामुदायिक विद्यालय २७, संस्थागत विद्यालय २२ र कलेज चार रहेका छन् । यहाँ १७ हजार पाँच सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

मौसममा आएको परिवर्तनसँगै ‘एडिनो भाइरस कन्जङ्ग्टिवाइटिस’का कारण बालबालिकामा आँखा पाक्ने समस्या देखिएको नगर स्वास्थ्य अधिकारी निर्मल घिमिरेले जानकारी दिए । उनका अनुसार यो सङ्क्रमण पाँचदेखि सात दिनमा निको हुन्छ ।

यसबाट बच्नका लागि आँखाका बिरामीको संसर्गमा नआउने, कालो चस्मा लगाउने, आँखा परीक्षण गरी औषधिको प्रयोग गर्ने, सफा पानीले नियमित आँखा सफा गर्ने, नियमित साबुनपानीले हात धुने, तौलिया, रुमाल, लत्ताकपडा तथा शृङ्गारका सामानहरु साझा रुपमा प्रयोग नगर्ने घिमिरेले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ३ : ३६ बजे

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी