१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन



काठमाडौं । नेपालको आँखा उपचार सेवाले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा हाँसिल गरिरहेको छ । पछिल्लो समय भारतीय सीमा क्षेत्रका नागरिक एवं अन्य देशका नागरिक समेत नेपालका आँखा उपचार केन्द्रमा सेवा लिन आउनेक्रममा बृद्धि भइरहेको छ । अर्कोतर्फ नेपालका नेत्रविशेषज्ञले विदेशमा पु¥याएको सेवा तथा अनुसन्धान अब्बल कहलिएका छन् ।

नेपाली नेत्रविशेषज्ञद्वय सुशीला पटेल र सविता ढकालले बङ्गलादेशको आन्दोलनका क्रममा आँखामा समस्या देखिएका घाइतेका ढाकामा विशेषज्ञ सेवा प्रदान गरिरहेका छन् । घाइतेको आँखा उपचार गर्न नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवाले चिकित्सकद्वयलाई त्यसतर्फ पठाएको थियो । अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीका अनुसार अस्पतालमा कार्यरत डा पटेल कर्निया सर्जनको एशोसियट प्रोफेसर तथा डा ढकाल भिट्रो रेटिना सर्जन हुन् । उनीहरु नेशनल इन्ष्टिच्यूट अफ अप्थालमोलोजी ढाकाको आग्रहमा बङ्गलादेश गएका हुन्।

अस्पतालका सूचना अधिकारी प्रतिक पाण्डेका अनुसार नेपाली चिकित्सकले यही असोज १८ गतेदेखि ढाकामा विशेषज्ञ उपचार सेवा प्रदान गरिरहेका छन् । योक्रम यही असोज २३ गतेसम्म जारी रहने छ ।

आन्दोलनका क्रममा बङ्गलादेशको राजधानी ढाकामा विशेष गरेर आँखामा चोट लागि नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका, आँखामा चोट लागि घाइते भएका, आँखामा रगत आएका लगायत समस्या देखिएका बिरामीको उपचारका साथै शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सेवा नेपाल र सेवा फाउन्डेसनको समन्वय तथा नेशनल इन्ष्ट्रिच्यूट अफ अप्थालमोलोजी ढाकाको आग्रहमा अस्पतालमा कार्यरत चिकित्सकलाई बङ्गलादेश पठाइएको हो । उनले भने, “छिमेकीलाई समस्या पर्दा सहयोग गर्नु हाम्रो कर्तव्य हो । विगतमा पनि हामीले बङ्गलादेशस्थित नेपाली राजदूतावासका समन्वयमा बङ्गलादेशमा आँखा परीक्षण शिविर सञ्चालन गरिसकेका छौँ । उहाँहरुले सेवा फाउन्डेसनमार्फत चिकित्सक पठाउन आग्रह गरेपछि हामीले हाम्रो अस्पतालमा कार्यरत चिकित्सलाई बङ्गलादेश पठाएका छौँ । यसले दुई देशबीचको सम्बन्ध नागरिकस्तरमै थप प्रगाढ हुने विश्वास लिएका छौँ र आगामी दिनमा समेत दूतावाससँगको सहकार्यमा बङ्गलादेशका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्ने योजना बनाएका छौँ ।”

पछिल्लो समय बङ्गलादेशबाट व्यक्तिगत रुपमा नै आँखाका बिरामी उपचारका लागि नेपाल आइरहेका छन् । सङ्घको तथ्याङ्क अनुसार सन् २०२३ मा मात्र भारत बङ्गलादेशसहित विभिन्न देशबाट आठ लाखभन्दा बढी बिरामीले सङ्घको सञ्जालमार्फत आँखाको उपचार गराएका छन् ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले भने,“गतवर्ष मात्र पनि हाम्रो सञ्जालमार्फत आठ लाख भन्दाबढी गैर नेपाली बिरामीले आँखा उपचार सेवा लिनुभएको छ । यसले हाम्रो उपचारमा अन्य देशका नागरिककोसमेत विश्वसनियता बढेको छ भन्ने देखिन्छ । यसैले हामीले अब बढीभन्दा बढी नेपाली नागरिकलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य दिएका छौँ ।”

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १२ : २५ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि