२१ बैशाख २०८३, सोमबार | May 4, 2026

विभेदमा पारिएका आदिवासीको हक अधिकार स्थापित गर्ने कानुन बनाउन लुम्बिनी प्रदेशसभा प्रतिबद्ध : सभामुख घर्तीमगर



दाङ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले विभेदमा पारिएका समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्विनी प्रदेश सभा महत्वपुर्ण नीति र कानुन निर्माणमा प्रतिवद्ध रहेको बताएका छन् ।

२९ औं विश्व आदिवासी दिवसको अवसरमा बुधवार सभामुख घर्तीमगरले जारी गरेको शुभकामना सन्देशमा विभेदमा पारिएका समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्विनी प्रदेश सभा महत्वपुर्ण नीति र कानुन निर्माणमा प्रतिवद्ध रहेको उल्लेख गरिएको हो ।

महान् जनयुद्ध तथा जनआन्दोलन क्रान्ति र संघर्ष तथा आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपुर्ण भूमिका रहेको जनाउँदै सभामुख घर्तीमगरले आन्दोलनबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता, जस्ता महत्वपुर्ण राजनीतिक उपलब्धीहरुलाई संस्थागत विकास गर्दै समाजवादमा पुग्ने लक्ष्यमा दृढताका साथ लाग्नु आजको आवश्यकता रहेको सन्देशमा उल्लेख गरेका छन् । उनले समुदाय बीच आपसी सम्वन्ध र भातृत्वको विकास गर्न दिवसले महत्वपुर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

एउटा समुदायले अर्को समुदायलाई सम्मान गर्ने, अस्तित्व स्वीकार गर्ने र आत्मसम्मान गर्ने बातावरण श्रृजना गरी एकतावद्ध हुन आवश्यक रहेको र एकले अर्का समुदायमा असन्तुष्टी पैदा हुने कार्यबाट सबै सतर्क बन्नु जरुरी रहेको समेत शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

आफ्नो अधिकारको लागि संगठित भई आवाज उठाउदै आएका आदिवासी जनजाति समुदायको सशक्तिकरण गर्न र आर्थिक रुपमा समेत यो समुदायलाई सशक्त बनाउदै राज्य संचालनमा पहुंच वृद्धि गर्न आदिवासी युवाहरुको सक्रियता र सशक्तिकरणमा जोड दिनु पर्न आवश्यकता उनले औल्याएका छन् । सभामुख घर्ती मगरले शसुभकामना सन्देशमा लेखेका छन्– “आदीवासी जनजातिका अगुवाहरुले सोही अनुसारको नीति अवलम्वन गरी सिंगो आदिवासी जनजातिको अभियानलाई सफल बनाउन तथा आदिवासी समुदायको वृहत्तर हितको लागि युवा पंतिलाई अगाडी वढाउन पनि यो दिवसले प्रेरणा प्रदान गर्ने छ । विश्व आदिवासी दिवसको अवसरमा पुनः सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ११ : ४७ बजे

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा